देशलाई धान चामलमा आत्मनिर्भर बनाउने गरी योगदान गर्न जनतामा प्रधानमन्त्रीको अपील

देशलाई धान चामलमा आत्मनिर्भर बनाउने गरी योगदान गर्न जनतामा प्रधानमन्त्रीको अपील

  • शुक्रबार, असार १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न आह्वान गरेका छन्।

धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु अनुकूलित धानका जातहरू र उत्पादन प्रविधिहरूको विकास र अबलम्बनमार्फत दीगो रूपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन् दिशामा योगदान गर्न आह्वान गरेका हुन्।

उनले देशमा धानको उत्पादन बढाउन सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरेको भएपनि धानको बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धानचामल आयात वर्षेनी बढेको बताए।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय जलवायु परिवर्तनका कारण धान उत्पादनमा नकारात्मक असर बढ्दै गएको र यथास्थितिमा धानको उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन हुने र यसले खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्ने देखिएको बताए।

ुत्यस्तो अवस्था आउन नदिन जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझै व्यवस्थित बनाउने र यसको गति बढाउन आवश्यक छ,ु शुभकामना सन्देशमार्फत प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी