असार १४ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको सरकारले ६ महिना पुग्दा विभिन्न क्षेत्रमा गरेको काम र उपलव्धिको बिबरण सार्वजनिक गरेको छ ।
पुष १० मा सरकार बने यता २.४१ प्रतिशत जनसंख्यामा बिद्युतको पहँुच बिस्तार भएको र यो सँगै ९६ प्रतिशत जनतामा बिद्युतको पहँुच पुगेको छ ।
त्यस्तै प्रधानमन्त्रीले नेपाल–बंगलादेशबीच ४० मेगावाटसम्म विद्युत निर्यात गर्न नेपाल, भारत तथा बंगलादेशबीच विद्युत बिक्री सम्झौता हुने प्रक्रियामा रहेको बताएका छन्।
भ्रष्टाचार न्यूनीकरणमा सरकारले नयाँ मानक स्थापित गरेको प्रधानमन्त्रीको दाबी छ।
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याइएको छ,’ उपलब्धीको चर्चा गर्दै भनिएको छ, ‘मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनमा संशोधन गरिएको। यस सम्बन्धमा जाँचबुझ आयोग, गठन गरी हालसम्म दर्ता भएका २३ हजार १ सय १८ उजुरीउपर कारवाही भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल ११ हजार ३ सय ७३ उजुरी दर्ता भएकोमा अनुसन्धानबाट ९ हजार ३ सय ७४ उजुरी फर्छ्यौट गरिएको। आयोगबाट सञ्चालित रङ्गेहात कारवाहीका क्रममा २९ व्यक्ति पक्राउ परेका छन्। भ्रष्टाचारसम्बन्धी विभिन्न कसुरमा ७८ मुद्दा दायर भई रु। १ अर्ब ११ करोड ५५ लाख बिगो दाबी गरिएको छ।’
हेर्नुस् पूरा विवरण :
https://drive.google.com/file/d/1mPG3Q0r7TsGgsiadbmmXpG7G_arMMN9C/view