असार १३ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार बिरुद्ध निर्मम लँडाई शुर गरेको भन्दै अझै बढी जनसमर्थनको खाँचो परेको अपील गरेका छन् ।
आज संसदमा संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार निर्मुल पार्ने र सुसासन कायम गर्न आफूले निर्मम लँडाई थालेकाले साथ दिन जनतालाई अपील गरे । अहिले खास गरी सामाजिक सञ्जालमा आउने विषयबस्तुहरुले राष्ट्रिय प्राथमिकताका विषयहरु ओझेलमा पर्ने गरेको भन्दै गुनासो गरे ।
आफ्नो दोस्रो कार्यकालमा देशमा १८ घण्टा लोडसेडिङको अवस्था केही समयमै अन्त्य गरेर अहिले भारत र बंगलादेशलाई बिजुली बेच्ने अवस्था आएको भन्दै प्रधानमन्त्रीले अब देश उज्वल भविष्यको नजिक रहेको बताए ।
उनले आफ्नो भारत भ्रमणमा पारवहन सन्धीको नवीकरण, बिजुली बेच्ने सहमतिको कुरा छाडेर सांसदहरु नै मुर्रा भैँसीका नाममा लामो बहसमा रुमलिएको भन्दै अहिले बहसको स्तर खस्किएकामा चिन्ता जनाए ।
‘मैले संसद्मा संकल्प गरेको थिएँ सुशासन सरकारको प्रतिबद्धता हुने छ। जनतामा राज्य र सरकारप्रति निराशा असन्तोष र आवेग थियो अहिले त्यसमा सुधार भएको छ’, उनले भने, ‘जनतामा राज्य र सरकारप्रति भरोसा बढेको छ। हाई प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने भ्रम तोडिएको छ।’
उनले नक्कली शरणार्थीको फाइल खोलेर कानुनबाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश दिएको पनि बताए।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनको सर्वोच्चता स्थापित भएको छ। लोकतन्त्रमा उब्जिएको समस्याको समाधान लोकतन्त्रबाटै हुन्छ’, उनले भने, ‘उच्च पदस्थहरु कानुनमाथि छन् भन्ने गलत भएको छ। लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सुरु भएको छ।’
उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निल्न खोज्नेमाथि कारबाही थालिएको पनि बताए।
‘