पशुपतिको जलहरीमा सुनको अक्षरले केपी ओली र विद्या भण्डारीको नाम लेखेको भन्दै सांसदहरुद्धारा बिरोध

पशुपतिको जलहरीमा सुनको अक्षरले केपी ओली र विद्या भण्डारीको नाम लेखेको भन्दै सांसदहरुद्धारा बिरोध

  • सोमवार, असार ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

असार ११ काठमाण्डौँ । पशुपतिमा सुनको जलहरी लगाउने क्रममा एमाले अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति बिद्या भण्डारीको नाम लेखेको पाईएको छ । विश्वकै पवित्र धार्मिक स्थलको रुपमा चिनिएको भगवान पशुपतिनाथको मन्दिरमा जलहरीमा ओली र भण्डारीको नाम भेटिएपछि संसदमा बिरोध भएको छ ।

सुनको ठाँउमा पित्तल हालिएको वा ११ किलो सुन कम भएको महालेखा परीक्षकको प्रतिवेदनका आधारमा परेको उजुरी परेको दुई वर्षपछि अख्तियारले छानविन अघि बढाएको थियो । यही बेला दुई जनाको नाम भेटिएपछि आज संसदमा काँग्रेस सांसद रामहरि खतिवडा सहितले बिरोध जनाएका छन् ।

खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरूको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद खतिवडाले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो रु भन्दै प्रश्न गरेका हुन् ।

माओवादी सांसद लेखनाथ दाहालले ओलीले सुनको अक्षरमा नाम लेख्ने रहरले पशुपतिमा जलहरी राखेका रहेछन् भन्दै ओलीले आफू बाहेक विद्या भण्डारी, भानुभक्त ढकाल लगायतको नाम लेखेको पाईएको भन्दै विरोध जनाए ।

संसदमा जलहरी प्रकरणमा गंभीर प्रश्न उठाएका दाहालको अभिव्यक्तिलाई लिएर यस अघि एमालेले संसद अबरुद्ध पारेपछि उनको अभिव्यक्ति रेकर्डबाट हटाईएको थियो ।

यसैबीच एमाले सचेत महेश बर्तौलाले भने पशुपतिको जलहरीमा उद्घाटन गर्नेको नाम लेख्नु सामान्य भएको प्रतिकृया दिएका छन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी