असार ३ काठमाण्डौँ । आज कालीमाटीका सडक गोलभेडाले भरिए । उपत्यकाभित्र उत्पादन भएका टमाटर बिक्री नहुने तर भारतबाट ल्याएर व्यापारीले ४५ रुपैया प्रतिकिलो टमाटर बिक्री भईरहेको बिरोधमा किशानले सडकमा हजारौँ किलो टमाटर सडक र गल्लीभरी फ्याकि दिएका हुन् ।
होलसेल मुल्य नै ८ देखि दश रुपैया हुँदा समेत किशानले फलाएको गोलभेडा नबिकेको भन्दै काठमाण्डौँ, ललितपुर र भक्तपुर क्षेत्रका किशानले आज बिरोध स्वरुप गोलभेडा फ्याकेका हुन् ।
कालिमाटीलगायत देशका सम्पूर्ण स्थानमा स्वदेशी गोलभेँडाले न्यून मूल्यमा समेत बजार नपाइरहेको अवस्थामा भारतीय गोलभेँडा भने प्रतिकिलो ४५ रूपैयाँमा बिक्री भइरहेको छ । भारतीय गोलभेँडा ९ठुलो० को थोक मूल्य नै ४५ रूपैयाँ छ । यो नेपाली उत्पादनको तुलनामा झन्डै ६ गुणाले बढी हो ।
तीन महिनाको अवधिमा उपत्यकाको उत्पादनले नै सम्पूर्ण देशको माग धान्न सक्ने उत्पादकहरूको भनाइ छ । आर्गानिक युवक किसान सङ्घका अनुसार हाल उपत्यकाका गोलभेँडा काठमाडौँ र पोखराबाहेक अन्यत्र बिक्री भइरहेको छैन । काठमाडौँको पनि थोरै हिस्सा मात्रै स्वदेशी गोलभेँडाले ओगटेको छ । कालिमाटी बजार विकास समितिले नै भारतीय गोलभेँडालाई प्राथमिकतामा राख्ने गरेको किसानहरूको आरोप छ ।
आजभन्दा तीन दिनअघिसम्म पनि कालिमाटीमा भारतबाटै सानो गोलभेँडा आइरहेको थियो । जसका कारण स्वेदशी उत्पादनले न्यून मूल्यमा समेत बजार नपाइरहेको किसानको गुनासो छ ।
हाल थोक मूल्यमा ८ रूपैयाँ कायम भएको गोलभेँडाको किसानले पाउने मूल्य प्रतिकिलो दुई रूपैयाँ छ ।