संसद भवनमा सभामुखको अनुहारमा एमालेको छाँया !

संसद भवनमा सभामुखको अनुहारमा एमालेको छाँया !

  • मङ्लबार, जेष्ठ २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

जेठ २३ काठमाण्डौँ । झापाबाट निर्वाचित देवराज घिमिरे माओवादीसँग एमालेको समझदारी अनुसार नै सभामुखमा चुनिए । सभामुख भएपछि उनले दल त्यागेको हुनुपर्छ । उनले त्यागे पनि । तर सदनमा सभामुखको हैसियतमा घिमिरेको शैलीले उनको अनुहारमा एमालेको छाँया प्रष्ट देखिएको छ ।

उनको यो शैलीले संसदीय अभ्यास र मर्यादामाथि समेत आँच आएको छ । सोमबार संसद भित्रको दृष्य र तमासाले गंभीर विचित्रता प्रकट गरेको छ ।

प्रधानमन्त्रीले जवाफ दिईरहेका बेला एमालेका सूर्य थापालाई बोल्न दिए । प्रधानमन्त्री बोल्दा बोल्दै नियमापत्ति बाहेक अरु विषयमा प्रश्न गर्न नपाईने संसदीय नियम भए पनि प्रधानमन्त्री हेरिरहे सूर्य थापा बोलिरहे ।

त्यसपछि फेरी उफ्रिए एमालेका रघुजी पन्त । नियमापत्तिको बहानामा उनले फेरी प्रधानमन्त्री बिरुद्ध प्रश्नहरु तेस्र्याए । जब विश्व प्रकाश शर्माले संविधानको दफा देखाएर शालिन प्रस्तुति दिए, जब अमरेश कुमार सिंहले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमाथि कार्बाहीको माग गर्न थाले तब एमाले रास्वपा र राप्रपाका सांसद मत्थर भए ।
त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफ सके । त्यसपछि सदन अरु कार्बाहीमा प्रवेश गर्नु पर्ने हो तर फेरी सभामुखले केपी ओलीलाई रोष्ट्रम प्रयोग गर्न दिए । उनको प्रधानमन्त्रीलाई केही प्रश्न थियो भने अगाडी नै दिनु पर्ने थियो । त्यसमा पनि उनले एमाले कार्यकर्ताको हैसियत जस्तो सभामुखको हैसियतलाई बनाएको भन्दै सदन भित्रै आवाज उठ्न शुरु भएको छ ।

माओवादी नेता देवेन्द्र पौडेलले सभामुखले सदनलाई रिपोर्टस क्लब जस्तो बनाएको टिप्पणी गरेका छन् ।

संसदमा विरोध र समर्थनको स्वर सुनिनु, अभिव्यक्त हुनु अनौठौँ होईन । तर सभामुखले कसरी मर्यादित रुपमा सदन चलाउने हो त्यो ख्याल नगरेको स्पष्ट हुन्छ ।
सांसद पौडेलले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधन गर्न दिनु संसदीय प्रक्रिया र स्थापित मूल्य, मान्यता बाहिर भएको बताए । उनले प्रधानमन्त्रीको कुरालाई खण्डन गर्न सभामुखले तत्कालै प्रतिपक्ष दलका नेतालाई समय दिनु संसदीय प्रणाली र प्रक्रिया विपरित भएको
बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी