विश्व दूध दिवसः भेटेरिनरी अस्पताल ललितपुरद्धारा दूध तथा दुग्धजन्य पदार्थ वितरण

विश्व दूध दिवसः भेटेरिनरी अस्पताल ललितपुरद्धारा दूध तथा दुग्धजन्य पदार्थ वितरण

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

ललितपुर, २२ जेठ । नेपालमा यस वर्ष विश्व दूध दिवस २०८० दूध क्षेत्रको विकास, आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ मनाईएको छ । दिवशकै अवसरमा बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरद्वारा सप्ताहव्यापी रुपमा दूध तथा दूधजन्य पदार्थहरुको उपभोगमा जोडदिदै मनाई रहेको छ । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार विश्व दूध दिवस, २०८० मनाउने कार्यक्रम अन्तरगत नै पशुजन्य पदार्थ उपभोग प्रवर्द्धनका लागि बिभिन्न कार्यक्रम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका सूचना अधिकारी बासुदेव नाथले जानकारी दिनु भयो ।


यसैक्रममा सोमवार नमूना मछिन्द्र माध्यमिक विद्यालय लगनखेल र छम्पीदेवी माध्यमिक विद्यालय छम्पीका विद्यार्थीहरुको लागि दूध तथा दुग्ध जन्य पदार्थ हस्तारण गरिएको नाथले बताउनुभयो । भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख डा. राम प्रकाश प्रधानले प्रधानाध्यापक क्रमशः राधाकृष्ण महत र रमेश प्रसाद आचार्यलाई प्रशोधित पाकेटको दूध ४०० लिटर, घिउ १० केजी, पनिर १० केजी, लालमोहन २०० गोटा र रसवरी २०० गोटाका दरले दुबै विद्यालयका विद्यार्थीहरुको दिवा खाजामा समेत समावेश हुने गरी हस्तान्त्रण गर्नुभएको हो ।

उक्त कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका कार्यालय प्रमुख डा. राम प्रकाश प्रधानको अध्यक्षतामा तथा उक्त विद्यालयका प्रधानाध्यापकहरुको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । कार्यक्रमामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. राम प्रकाश प्रधानले दूधको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो भने प्रधानाध्यापकद्वय महत र आचार्यले यस्ता कार्यक्रमहरुलाई स्कुल शिक्षासंग जोड्दा निकै प्रभावकारी हुने र आगामी दिनमा यस्ता कार्यक्रमहरु समन्वय गरी सञ्चालन गर्दा कार्यक्रम अझै प्रभावकारी हुने मन्तव्य राख्नु भएको थियो ।

नमूना मछिन्द्रका चार सय ५० जना र छम्पीदेवीका करिब ३ सय विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागीता रहेको कार्यक्रमको सन्चालन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका अधिकृत कृष्ण बहादुर कार्कीले गर्नु भएको थियो ।

यस अघि बिहिवार मानसिक अस्पताल लगनखेल ललितपुरमा अस्पतालका विरामीहरुको लागि दूध र दुग्धजन्य पदार्थ अस्पतालका निर्देशकज्यूलाई हस्तान्त्रण गरिएको सूचना अधिकारी नाथले जानकारी दिनु भयो ।  दैनिक गुणस्तरीय दूध पिउन जनचेतना वृद्धि गर्न, प्रचार प्रसार गर्ने, दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम गर्ने, जनचेतना जगाउने र दुध तथा दुग्धजन्य पदार्थको उपभोगमा सबैको पहुँच पुर्‍याउन पहल गर्ने उद्देश्य एवं विश्वमा दूध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जिविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दूध उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले विश्व दूध दिवस सन २००१ देखि र नेपालले सन २०११ देखि मनाउदै आएको छ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी