पहिलो पटक कालापानी, लिम्पियाधुरा र लिपुलेकका बारेमा भारतसँग स्पष्ट र दृढ कुराकानी मैले गरेको छु : प्रधानमन्त्री

पहिलो पटक कालापानी, लिम्पियाधुरा र लिपुलेकका बारेमा भारतसँग स्पष्ट र दृढ कुराकानी मैले गरेको छु : प्रधानमन्त्री

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सीमा समस्या स्थायी रुपले समाधान नभए सम्म नेपाल र भारतबीचको समस्या दीर्घकालिन हल नहुने भनेर आफूले दिल्लीमा स्पष्ट रुपमा कुरा राखेको बताएका छन् ।

संसदमा आज संवोधन गर्दै भारतमा शायद पहिलो पटक यति दृढ र प्रष्टताका साथ स्थायी रुपमा सीमा समस्या समाधानको कुरा राखिएको प्रधानमन्त्री प्रचण्डको दावी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै सीमा समस्या अब हल गरिन्छ, दुई देशको सम्बन्ध हिमालयको उचाईमा पुर्याईन्छ भनेको प्रचण्डले स्मरण गराए ।

भारत सरकारका शक्तिशाली प्रधानमन्त्रीले सीमा समस्या अब हल गरिन्छ भनेर घोषणा गर्नु खुसीको कुरा भएको बताए ।

आफूले सीमा समस्या समाधान गर्दा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो भनेर स्थापित गर्ने कुरामा आफूले भूमिका खेलेको भन्दै तेस्रो विकल्प आफूले छलफल नगरेको बताए ।

यो पटकको भारत भ्रमणमा विभिन्न सम्झौताहरु भएको भन्दै यो परिणाममुखी भएको उनको दावी छ । भारतको यो भ्रमणले भविष्यका लागि स्पष्ट मार्गदर्शन गरेको र भविष्यका लागि मार्गप्रशस्त भएको प्रचण्डको भनाई छ ।

भारत, बंगलादेश नेपालबीच त्रिपक्षीय साझेदारी गरेर बिजुली बेच्ने कुरा सहज नभएको र त्यो ढोका खोलिएकोले महत्वपूर्ण काम भएको प्रधानमन्त्रीको भनाई छ । केही बुद्धिजीवीहरुले बंगलादेश मोडलको कुरा गरेको भए पनि आफूले त्यो नै आफ्नो धारणाको रुपमा नराखेको प्रधानमन्त्रीले स्पष्ट पारे ।

प्रधानमन्त्रीले राष्ट्रहित बिपरीत काम गरेको आरोप र भ्रमहरु फैलाईएको भन्दै गुनासो समेत गरेका छन् ।

 

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी