बैशाख २० काठमाण्डौँ । रास्वपा सांसद एव संभापति रवि लामिछानेले आफूलाई गृहमन्त्रालय चाहिने अडान दोहोर्याएका छन् । यस अघि नागरिकता र राहदानी प्रकरणमा स्वार्थ बाझिने भन्दै आलोचना हुनुका बाबजुद लामिछानेलाई गृहमन्त्रालय दिईएको थियो ।
सर्वोच्चको आदेशपछि उनको दुबै पद गुमेको थियो । त्यसपछि उनको क्षेत्रमा फेरी उपनिर्वाचन हुँदा बिजयी बनेर आएपछि उनले अब भने स्वास्थ्य मन्त्रालय समेत चाहिने अडान राखेका छन् ।
उनले प्रधानमन्त्री पछि काँग्रेस सभापति शेर बहादुर देउवासँगको भेटमा सरकारलाई समर्थन कायम राख्न र सरकारमा सहभागी हुन गृहमन्त्रालय आफूलाई चाहिने र स्वास्थ्य मन्त्रालय समेत आफूह्ररुलाई दिनु पर्ने माग गरेका छन् ।
यस विषयमा प्रधानमन्त्री र देउवा दुबैले गठबन्धन दलका शीर्ष नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका थिए ।
यही विषयमा आज गठबन्धन दलका नेताहरुका बीचमा समेत छलफल भईरहेको छ ।
लामिछानेले प्रधानमन्त्रीसँग सोमबार र काँग्रेस सभापतिसँग मंगलबार छलफल गर्दा उक्त अडान कायम राखेका थिए ।