७० वर्ष कटेका नेतालाई दलबाट समेत सन्यास लिन माधव नेपालको आग्रह, आफू पनि अधिवेशनपछि सन्यास लिने तयारीमा

७० वर्ष कटेका नेतालाई दलबाट समेत सन्यास लिन माधव नेपालको आग्रह, आफू पनि अधिवेशनपछि सन्यास लिने तयारीमा

  • शुक्रबार, बैशाख १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

बैशाख १५ जनकपुर । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिबाट सन्न्यास लिने तयारी गरेको जानकारी दिएका छन् ।

जनकपुरधाममा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिबाट सन्न्यास लिने संकेत गरेका हुन्। उनले अन्य दलका ७० वर्ष माथिका नेतालाई पनि सन्यास लिन आग्रह गरेका छन् ।

पार्टीको अब हुने अधिवेशनबाट म पनि सन्न्यास लिने सोच्दै छु, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पार्टीमा युवाहरुलाई अवसर दिनुपर्छ, ७० वर्ष कटेका नेताहरुलाई आफ्नो दलबाट समेत सन्न्यास लिन आग्रह गर्दछु।’

राजनीतिमा पनि पुस्तान्तरण गरिए मात्रै देशका लागि भलो हुने उनले बताए । पूर्वप्रधानमन्त्री नेपालले उपनिर्वाचनले ठूला र पुराना राजनीतिक दललाई सच्चिन सन्देश दिएको बताए।

उनले राजनीतिमा गुण्डातन्त्र हावी हुँदै गइरहेकाले राजनीतिक दलका नेताहरुमाथी प्रश्न चिह्न खडा भएको समेत बताए ।

वडा तहका नेतादेखि केन्द्रीय तहका नेतासम्मले पद र पैसाको दुरुपयोग गरिरहेको देखिएको भन्दै यसले दलहरुप्रति जनताको विस्वास गुम्ने खतरा रहेको औल्याए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी