रविलाई चुनाव हराए भने, चितवनका जीत नारायण मन्त्री बन्ने निश्चित !

रविलाई चुनाव हराए भने, चितवनका जीत नारायण मन्त्री बन्ने निश्चित !

  • शुक्रबार, बैशाख ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

बैशाख ८ चितवन । गत मंसीरको निर्वाचनमा टिकट विभेदका कारण तितर वितर भएको काँग्रेस यस पटक लगभग एकजुट छ । दिनेश कोईराला सहित बागीहरु यस पटक समेटिएका छन् । जगन्नाथ पौडेल बाहेक काँग्रेसको सबै टिम एकतावद्ध भएको छ पूर्व सभापति जित नारायण श्रेष्ठको उम्मेद्धारीका कारण ।

त्यसैले चितवनको निर्वाचन माहौल केही परिवर्तन भएको छ । एकातिर रवि लामिछानेले जितेको तीन महिना भित्रै दोहोरो नागरिकताका कारण सर्वोच्चले पद खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेकाले उनको पछि लागेको मानिसहरु पनि सबै यस पटक उभिने अवस्था देखिएको छैन । त्यसका बाबजुद निर्वाचन जित्नेमा लामिछाने ढुक्क देखिन्छन् ।

तर स्थानीय उम्मेद्धार, अहिले सम्म कुनै पनि काण्डमा नमुछिएका जीत नारायणले यदी सांसद जिते भने मन्त्री हुने निश्चित भएको छ । उनलाई मन्त्री बनाउने कुरामा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवाले एकै मञ्चबाट बचन दिएका छन् ।

गठबन्धनले प्रतिष्ठाको विषय बनाएको चितवन २ को निर्वाचन जीत नारायणका लागि पनि ठूलो अग्नी परिक्षा हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी