उपेन्द्र यादवलाई हराएरै छाड्ने सिके राउतको दाउ, खट्दैछन् घर घरमा

उपेन्द्र यादवलाई हराएरै छाड्ने सिके राउतको दाउ, खट्दैछन् घर घरमा

  • बिहिबार, बैशाख ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

बारा ७ बैशाख । बैशाख १० गते बारा –२ मा हुन लागेको उपनिर्वाचनमा अहिले घर दैलो अभियानलाई तिब्रगतिमा भइरहेको छ । जनमत पार्टीका उमेरलाई भारी मतले बिजयी गराउन स्वयम् केन्द्रीय अध्यक्ष डाक्टर सिके राउत घर दैलो अभियानमा सक्रियताका साथ लागिपरेका छन् ।

पाँच दलीय गठबन्धनलाई एकल चुनौती दिएर आफ्नो उमेदवार शिवचन्द्र कुशवाहालाई बिजयी गराउन अपिल गरेका छन ।

मधेसीको पहिचान र हकहितका लागि आफुले सधैं लडिरहने भएकोले एकपटक आफ्नो उमेदवारलाई मत दिएर जिताउन आग्रह गरेका हुन । आफ्नो जित सुनिश्चित भएकोले बारा क्षेत्र नम्बर २ का मतदाताहरुको समस्या समाधान गर्न तयार रहेको अध्यक्ष डाक्टर राउतले घर दैलो अभियानमा बताएका छन् ।

हामी बारा जिल्लाका बासिन्दा माथि विश्वास गछौ कम्तीमा आफ्नो गाउँघरको उमेदवारलाई बिजयी गराउनु हुन्छ यसमा मैले भनीरहनु पदैन जस्तो लाग्छ भनेर उनले बताएका हुन ।पाँच गठबन्धनका उमेदवार उपेन्द्र यादव मधेसी जनता प्रति कहिले काम नगरेको केवल आफ्नो पदका लागि मात्र राजनीतिक गरेको र आफू कसरी मन्त्री बन्ने दाउमा लागेकाले यसपटक पनि बारा जिल्ला बाट पनि पराजित हुनेमा आफू विश्वासत रहेको बताए ।

आज वरियारपुर जिल्लामा डाक्टर राउत घर दैलो अभियानमा रहेका उनले मतदाताहरु सामु कम्तीमा आफ्नो जिल्ला बासिलाई जिताएर पठाएको खण्डमा कुनै पनि बेला यहाँहरुलाई सुविधा हुने भएकोले मैले भनिरनु भन्दा बारा जिल्ला बासिहरु धेरै बुद्धिमानी रहेको बताए ।

गठबन्धन बाट जित्न उनले सबै शक्तिहरु प्रयोग गरे पनि उनले निर्वाचन बाट हार्ने डरले शिर्ष नेताहरू उर्तारेर आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको मात्र हो तर त्यो भेला र आमसभामा केवल बारा जिल्ला बासिन्दा नभएर पर्सा रौतहटबाट बोलाएर आफ्नो भिड देखाउने नैकतकि मात्र रहेको डाक्टर राउतले आरोप लगाएका छन । हामी जनता प्रति विश्वास गछौ ठूलो भिड देखाएर चुनाव जितिने होइन ।

हामी धेरै उदाहरण दिइरहनु पदैन यश अघिको निर्वाचन बाट पनि केही पाठ सिक्न सकिने भएकोले आफ्नो मत अरुको भनाइ र बहकाइमा नलाग्न मतदाताहरुलाई अनुरोध समेत गरेका छन । बारा जिल्लाका मतदाता रिकु। कुमारको भनाइ अनुसार हामी बारा जिल्लाका बासिन्दालाई मत दिन्छौं बाहिर बाट आएका ब्यक्ति मत किन दिने आफ्नो जिल्लाका बासिन्दाहरुले त हामीलाई यो उमेदवार चाहिदैन भनेर रिज्याक गरेको अनि उसलाई फेरि जिताएर पठाउने यो समभव छैन भनेर आफ्नो प्रतिक्रिया दिएका छन ।

बारा जिल्लाको क्षेत्र नम्बर २ मा अहिले मतदाता संख्या १ लाख ५ हजार २४८ जसमा पुरुष ५८ हजार ७४२ महिला ४६ हजार २६९ जना रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जानकारी दिनुभएको छ। उनको भनाइ अनुसार ८२ मतदान र १३७ मतदान केन्द्र निर्धारण गरिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी