चैत्र २७ काठमाण्डौँ । स्वास्थ्य मन्त्री हुन २ करोड बढी माथि पार्टीलाई तत्कालै बुझाउनु पर्ने भन्दै मेडिकल व्यवशायी दुर्गा प्रसाईलाई फोनमा पैसा मागेको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएको रास्वपा सांसद ढाका अधिकारीको बचाउमा सो पार्टीका सांसद लागेको देखिएको छ ।
सो पार्टीका सभापति रवि लामिछानेले ७२ घण्टा भित्र ढाकालाई कार्बाही गर्न नसके मलाई गढी माईमा बलि चढाउनु भन्दै उत्तेजक भाषण गरे पनि ढाकामाथि सो पार्टीले अहिले सम्म कार्बाही गरेको छैन ।
सो पार्टीका सांसद मनीष झाले मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउन चुनौती दिँदै काँग्रेस भित्र बरु त्यस्तो हुने र आफूहरुसँग प्रमाण रहेको जिकिर गरेका छन् ।
सोमबार संघीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेले करोडौँ लिएर मन्त्री बनाउने गरेको आरोपलाई अस्वीकार गरे।
पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउनका लागि साढे २ करोड मागेको भन्ने कुरा पनि सत्य नभएको उनको जिकिर छ।
नेपाली कांग्रेसमा आबद्धहरूले सभापति रविले शिक्षामन्त्री बनाउन ८ करोड लिएको भनेर ट्विटरमा लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गर्न चुनौती दिए।
चुनावका वेला यस्तो स्टन्ट भएको आरोप लगाउँदै सांसद झाले आरोप लगाउने कांग्रेसभित्र नै त्यस्तो हुने गरेको प्रमाण आफूहरूसँग रहेको उनले दाबी गरे। ‘त्यसमा म विश्वास गर्दिनँ। त्यो स्ट्याटस लेखेर चुनावका वेलामा स्टन्ट गर्ने हो भने कति दाइ भाउजूले के–के लिए भन्ने कुरा त हामीलाई पनि थाहा छ नि।
सभापति लामिछानेले आफू अमेरीकामै बसेको भए त्याहाँ रहने नेपाली मध्य पाँचौ धनी हुने र नेपालमै पनि मासिक ८ लाख टेलिभिजनबाटै तलव खाने गरेको भन्दै पैसा नलिएको बताएका थिए ।