२६ चैत, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा स्पष्ट छ ।
भ्रष्टाचारीलाई जेल कोच्ने भन्दै उदाएको रास्वपाका सांसदले नै पार्टीलाई बुझाउनु पर्ने, मन्त्री बन्दा पैसा दिनु पर्ने जस्ता बाक्य नै प्रयोग गरेको स्पष्ट हुनुले नैतिक आ चारणमाथि गंभीर प्रश्न उठेको छ ।
अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । सांसद श्रेष्ठलाई निलम्वन गर्ने तयारी रास्वपाले गरेको बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline