चितवनवासीले रवि लामिछानेको वास्तविकता बुझिसके अब मसीरको भन्दा उल्टो हुन्छ परिणाम : जीत नारायण श्रेष्ठ

चितवनवासीले रवि लामिछानेको वास्तविकता बुझिसके अब मसीरको भन्दा उल्टो हुन्छ परिणाम : जीत नारायण श्रेष्ठ

  • बिहिबार, चैत्र १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

चैत्र १६ काठमाडौँ । नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा मंसीरको भन्दा उल्टो परिणाम आउने दावी गरेका छन्।

पार्टीले चितवन २ मा उम्मेद्धार बनाउने निर्णय गरेपछि पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरे । उनले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताए ।

तत्कालीन उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्थ्यो, उहाँले प्रचारबाजी गर्नुभयो । फण्डाहरु दिनुभयो, त्यो फण्डामा एक पटक होकि त भनेर चितवनका जनताहरु झुक्किएको अवस्था थियो । अहिले पूर्णरुपमा उसका गतिविधिबाट राम्रोसँग उसको वास्तविकता बुझे । नाकको डाँडी भाच्ने भन्नेले जनताले बुझेका छन्, कसको रहेछ नाकको डाँडी भाँच्नुपर्ने जनताले बुझेका छन् ।’

उनले सभापति लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दिएको विश्वासको मतको कारणहरु जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पट बुझिसकेको बताए ।

नेता श्रेष्ठले चितवनका जनता शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको बताए ।

श्रेष्ठलाई माओवादी, एकीकृत समाजवादी लगायतका दलले पनि समर्थन गर्ने प्रवल संभावना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी