नमोबुद्धका सहकारीलाई कोपोमिस सम्बन्धी अभिमुखिकरण

नमोबुद्धका सहकारीलाई कोपोमिस सम्बन्धी अभिमुखिकरण

  • मङ्लबार, चैत्र १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

भकुण्डेवेशी – नमोबुद्ध नगरपालिकाले पालिका भित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्वन्धी अभिमुखिकरण गरेको छ । नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी गराएर कोपोमिस बारे अभिमुखिकरण गराएको सहकारीको समेत जिम्मेवारी महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।

कोपोमिस विज्ञ रहेका कम्प्युटर इञ्जिनियर आमोद पुडासैनीले कोपोमिसका प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए । कोपोमिस सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो ।

उपशाखा प्रमुख सुनुवारले नगर भित्रका सहकारी संस्थालाई क्रमशः कोेपोमिसमा आवद्ध गर्दै लैजाने बताइन् । तालिमको उद्धघाटन कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगर क्षेत्रका सहकारीलाई व्यवस्थित गर्दै लगिने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले सहकारीसम्बन्धी तथ्यांक व्यवस्थित गर्दै सहकारीले गरिबी निवारण र आर्थिक समृद्धीमा योगदान गर्नुपर्ने तर्क गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी