नयाँ पूराना सबै दलको सत्ता मोह उस्तैः सबैको आखाँ शक्तिशाली र धेरै मन्त्रालयमा ?

नयाँ पूराना सबै दलको सत्ता मोह उस्तैः सबैको आखाँ शक्तिशाली र धेरै मन्त्रालयमा ?

  • बिहिबार, चैत्र ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

चैत्र ९ काठमाण्डौँ । जनस्तरबाट खाली सत्ता र कुर्सीका लागि दलहरु लागि पर्ने गरेको भनेर आलोचना भईरहे पनि दलहरुले यो गल्ती सच्याउन सकेका छैनन् ।

अहिले सत्तारुढ दलमा ९ दल आवद्ध छन् । जसमा एक जना सांसद भएका देखि ८८ जना सांसद भएका सम्म पार्टी छन् । सरकारको नेतृत्व माओवादी केन्द्रको छ ।

सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन सकिए पछि र प्रधानमन्त्रीले विस्वासको मत लिएपछि अब सरकार विस्तार दलहरुको मुख्य एजेण्डा छ ।

यसमा संघमा २५ वटा मन्त्रालय छ । ती मन्त्रालय ९ दलले भागबण्डा गर्न छलफल निरन्तर गरिरहेका छन् । तर कुरा अझै मिल्न सकेको छैन । काँग्रेसले संसदको ठूलो दल भएकाले ९ देखि १० वटा मन्त्रालय पाउनु पर्ने अडान राखेको छ । त्यसमा पनि गृह, अर्थ जस्ता मन्त्रालयमा उसको ध्यान छ ।

त्यसै गरी माओवादीको हाल रहेको चार मन्त्रालयमा अझै एक मन्त्रालय थप्ने र गृहमन्त्रालय भरसक लिने रणनीतिमा छ ।

एकीकृत समाजवादी पनि सबै दलले पहिला पदहरु लिईसकेकाले अब रोजेको मन्त्रालय लिने पालो आफ्नो भन्दै गृह, भौतिक जस्ता मन्त्रालय ताकेको छ ।

यसै गरी पुरानाले काम गरेनन् भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि उपप्रधानसहित गृह नभए भौतिक मन्त्रालय सहित चार वटा मन्त्रालय हुनु पर्ने भन्दै दाबी गरिरहेको छ । जसपाले तीन मन्त्रालयमा दाबी गरिरहेको छ । जनमत पार्टीले दुई मन्त्रालयमा दावी गरिरहेको छ ।

अन्य साना दलहरुले पनि मन्त्रालयमा दाबी गरिरहेको स्थितिमा सत्तारुढ गठबन्धन सरकार विस्तारमा अझै चुकिरहेको छ ।

देश आर्थिक संकटबाट मुक्त हुन नसकेको, रोजगारी सृजना हुन नसकेको र ठूलो युवा शक्ति पलायन भईरहेका बेला देश बदल्ने सँयुक्त रणनीतिक महत्वको कार्यक्रम अघि बढाउनुको सट्टा दलहरु भागबण्डामै रुमलि रहँदा दलहरुप्रति जनताको आशा कमजोर हुँदै जाने खतरा छ ।

यही बेला राजावादी शक्तिहरुले संसद भित्र बाहिरै गणतन्त्रलाई चूनौती दिन समेत शुरु गरीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी