५९ बुंदे माग सहित संयुक्त किसान संघर्ष समिति पर्साद्धारा धर्ना एवं ज्ञापन

५९ बुंदे माग सहित संयुक्त किसान संघर्ष समिति पर्साद्धारा धर्ना एवं ज्ञापन

  • बुधबार, चैत्र ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

वीरगंज ८ चैत । कम्युनिष्ट पार्टी निकट ६ किसान संगठनहरुले बुधवार वीरगंजमा बिरोध प्रदर्शन धर्ना सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ ।
अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र०, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ ९अल्फा०, अखिल नेपाल किसान महासंघ ९क्रान्तिकार०, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघ सम्मिलित संंयुक्त किसान संघर्ष समिति पर्साले वीरगंजको घण्टाघरबाट विभिन्न नारा अंकित प्लेकार्ड सहित निस्केको बिरोध जुलुस नगरपरिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि दिउसो १ बजे देखि २ बजे सम्म एक घण्टा धर्ना दिएको छ ।

किसानहरुले मल र विऊ समयमा उपलब्ध गर, सहुलियत व्याजदरमा कृषि ऋण उपलब्ध गर, बढदो महंगी नियन्त्रण गर, किसानलाई संरक्षण गर, भुमि बैंक खारेज गर लगायतका मागहरु राखी सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
नेपालका ६ कम्युनिष्ट पार्टी आवद्ध किसान संगठनहरुले २०७९ साउन १४ गते नेपाल सरकारका प्रधानमन्त्री समक्ष ५९ बुंदे मागहरु राखी ज्ञापन पत्र बुझाए पनि हालसम्म सो मागहरु पुरा नभएको कारण बाध्य भएर आफुहरु पुनः आन्दोलन गरेको संयुक्त किसान संघर्ष समिति मधेश प्रदेशका सदस्य रामचन्द्र साहले बताए । आफुहरुको माग तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याउने साहले बताए ।

नेकपा माओवादी निकट अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र०का केन्द्रिय सदस्य जयनारायण चौधरी, नेकपा एस निकट अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र साह, अखिल नेपाल किसान महासंघ ९अल्फा०का अमरदेव पासवानको नेतृत्वमा रहेको किसानहरुले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी