रवि लामिछानेलाई राहदानी प्रकरणमा सफाई दिएको भन्दै राष्ट्रिय जनमोर्चाले जनायो गंभीर आपत्ति

रवि लामिछानेलाई राहदानी प्रकरणमा सफाई दिएको भन्दै राष्ट्रिय जनमोर्चाले जनायो गंभीर आपत्ति

लामिछानेको पार्टी अमेरीकी साम्राज्यवादको स्वाथू पूरा गर्न बनेको दावी

  • बुधबार, चैत्र ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

चैत्र ८ काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राहदानी प्रकरणमा रास्वपपा अध्यक्ष रवि लामिछानेलाई सफाइ दिएको भन्दै भत्र्सना गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै राहदानी प्रकरणमा लामिछानेका विरुद्ध मुद्दा चलाउने आधार नभएको भनि निजलाई सफाइ दिएकोमा राजनीतिक सौदाबाजी भन्दै बिरोध गरेका छन् ।

‘रवि लामिछानेले अमेरिकाको नागरिक हुँदा हुँदै त्यागिसकेको नेपाली नागरिकता प्रयोग गरी राहदानी लिएको कुरा कसैबाट लुकेको छैन’, केसीले भनेका छन्, ‘नेपालको प्रचलित कानुनले विवरण ढाँटी राहदानी लिने कार्यलाई गैर कानुनी र दण्डनीय मान्दछ ।’

उनले रवि लामिछानेले विवरण ढाँटी नेपालको राहदानी लिएको भन्दै उनीमाथि कानुनतः मुद्दा चल्नुपर्ने माग गरेका छन् ।

राहदानी प्रकरणमा लामिछानेलाई सफाइ दिने सरकारको कार्यको घोर विरोध तथा भर्त्सना गर्दै लामिछानेको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको दावी जनमोर्चाको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी