चैतभित्रै सेक्युरिटी प्रिन्टिङ प्रेसबाट ‘स्टिकर’ छाप्न सञ्चारमन्त्री शर्माले दिईन निर्देशन

चैतभित्रै सेक्युरिटी प्रिन्टिङ प्रेसबाट ‘स्टिकर’ छाप्न सञ्चारमन्त्री शर्माले दिईन निर्देशन

  • शुक्रबार, फाल्गुन १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेक्युरिटी प्रिन्टिङ प्रेसबाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छिन्।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क ‘स्टिकर’ छाप्न निर्देशन दिएकी हुन्।
एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले जानकारी दिइन्। यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने पनि उनले बताइन्।

 

यो केन्द्रबाट सुरुमा अन्तःशुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समयपछि बैंक नोट छाप्ने योजना छ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्र कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा पुगेको जानकारी दिए।

प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने रु। १० अर्ब जोगिने सरकारको अपेक्षा छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी