धनकुटाको प्राविधिक शिक्षालयमा शैक्षिक कार्यक्रम थप गर्न सुझाव

धनकुटाको प्राविधिक शिक्षालयमा शैक्षिक कार्यक्रम थप गर्न सुझाव

  • आइतवार, फाल्गुन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

धनकुटा, १४ फागुन। धनकुटाको उत्तरपानी स्थित बहुप्राविधिक शिक्षालयमा शैक्षिक कार्यक्रमहरु थप गर्न विज्ञहरुले सुझाव दिएका छन ।
धनकुटा नगरपालिका १० उत्तरपानीमा २०४० सालदेखी सञ्चालन भैरहेको बहुप्राविधिक विश्वविद्यालयलाई कृषीमा मात्र सिमित नराखी शैक्षिक कार्यक्रमहरु थप गरेर साँच्चैको बहुप्राबिकि विश्वविद्यालय बनाउन विज्ञहरुले सुझाव दिएका हुन ।
हाल उत्तरपानीमा कृषी र पशुुपालन सम्बन्धी प्रिडिप्लोमा सम्बन्धी कार्यक्रम मात्र सञ्चालन भैरहेको छ । तर स्तरबृद्धि गरेर शैक्षिक कार्यक्रम थप गरेमा उत्तरपानी साँच्चैको बहुप्राविधिक शिक्षालय हुने बिज्ञहरुको सुझाव छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा शुभाषश्री पोखरेलले सिभिल ईन्जिनियरिंड र आँखा सम्बन्धि स्नातक तहको कार्यक्रम थप गरेमा उत्तरपानी कृषीको मात्र नभएर साँच्चैको समय र भुगोल सुहाउँदो बहुप्राविधिक शिक्षालय हुने बताए । शिक्षालयको अनु्गमनपछि उपकुलपति पोखरेललले सुझाव दिए । कृषीमा मात्र सिमिति नभएर स्नातक तहका विविध कार्यक्रम थप गरेमा स्थानिय तहमै दक्ष जनशक्त्ति तयार हुने र उनीहरुले आफनै क्षेत्रमा योगदान दिने अवसर प्राप्त हुने उपकुलपति पोखरेलले बताए । उनले भने ‘अब कृषीको सिमिति कार्यक्रमले मात्र पुग्दैन सिभिल र अन्य कार्यक्रम थप गर्न चाहने भए उत्तरुपानी शिक्षालयलाई हामी सहयोग गर्न तयार छौ ।


उपकुलपति पोखरेलले देशमा गफ गर्ने हैन गरिखाने जनशक्त्तिको खाँचो रहेकोले देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएको बताए । उनले गरिखाने जनशक्त्ति उत्पादन गर्नका लागि कृषी क्षेत्रमा पनि उत्तरपानी शिक्षालयलाई मनमोहन आंगिक क्याम्पस बनाउन सहयोग गर्ने सुनाए ।
उत्तरपानीमा २०४० सालमा स्थापना भएको बहुप्राविधिक शिक्षालयले हालसम्म कृषी सम्बन्धि बिद्यालय स्तरको जनशक्त्ति मात्रै उत्पादन गर्दै आइरहेको छ ।

सिटिभिटी दिवसमा हर्षबढाई
उत्तरपानी बहुप्राधिक शिक्षालयले सिटीभिटी दिवसको अवसरमा हर्षबढाई) कार्यक्रम सम्पन्न गरेको छ । धनकुटा नपा १० हिलेको उत्तरपानीमा रहेको शिक्षालयमा सिटीभिटी दिवसको अवसरमा हर्षउल्लास कार्यक्रम आयोजना गरिएको थियो । हर्ष उल्लास कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश १ का उपकुलपति डा सुभाष पोखरेल, धनकुटाकी सिडिओ लिलाकुमारी केसी , सिटिभिटी प्रदेश १ का निर्दैशक नवराज कोइराला , उत्तरुपानी शिक्षालयका प्रम्ख शंकरदेव कोइराला लगायत स्थानिय जनप्रतिनिधि र अभिभावकहरुको सहभागीता थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न लोकनृत्य र गीत प्रस्ुतत गरेका थिए । साथै विभिन्न खेलमा बिजयी खेलाडी,  शिक्षक र कर्मचारीलाई प्रमाणपत्र सहित सम्मान पनि गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी