माघ २१ चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भारतबाट तरकारीको आयात बन्द गर्न माग गरेकी छन् ।
राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा सहभागी भएकी कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहसँग मेयर दाहालले आयात रोकिदिन आग्रह गरेकी हुन्।
ुकिसानले सडकमा तरकारी फालेर विरोध गरेकोप्रति महानगरको ध्यानकर्षण भएको छ। महानगरले यहाँको कृषि उत्पादन बढाउन, लागत मूल्य घटाउन धेरै कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। किसानहरूले उत्पादन पनि बढाइरहनु भएको छ तर यो अवस्थामा यहाँको उत्पादनले बजार नपाउनेगरी भारतबाट तरकारी आउँदा समस्या भयो,ु मेयर दाहालले भनिन्, मन्त्री ज्यू भारतबाट तरकारी आयात बन्द गरिदिनुपर्यो।
दाहालले केन्द्रले नीतिगत रूपमा निर्णय गरेर आयात रोकिदिए उत्पादनलाई आत्मनिर्भर बनाउन, बजारीकरण गर्न महानगरले काम गर्ने बताइन्।
भारतबाट तरकारीको आयात बढेपछि स्थानीय उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानहरूले शुक्रबार नारायणगढमा राजमार्गमै तरकारी फालेका थिए।
यहाँका किसानहरू उत्पादित तरकारीको उचित मूल्यप्राप्तिको ज्ञारेन्टी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले पनि बिहान कृषि मन्त्री साहलाई फोन गरेर किसानको समस्या समाधान गर्न आग्रह गरेका थिए।