भव्य समारोहका बिच श्रीनिधि साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न

भव्य समारोहका बिच श्रीनिधि साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न

  • बिहिबार, पुस २८, २०७९
  • दिपक चौरसिया

  • 6.1K
    SHARES

वीरगंज २८ पुस । श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको ११ औं वार्षिक साधारणसभा बिहिवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वीरगंजको होटल भिस्वामा आयोजित साधारणसभाको उदघाटन गर्नु हुदै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बि. उप्रेतिले देश आर्थिक रुपले विष्म परिस्थितिमा रहको बेला पनि यस संस्थाले राम्रो प्रगति गरेको चर्चा गर्दै आउने दिनमा पनि अझै प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

 

सहकारीले सम्पूर्ण सञ्चालक सदस्य एवं शेयरधनीहरुको भावनालाई समेटर अगाडि बढेको उदाहरण दिदै उप्रेतिले सरकारले वित्तिय तरलता र विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै सहकारीले देशलाई ठूलै आर्थिक सहयोग गरिरहेको दाबी समेत गरेका थिए । बैंक तथा वित्तिय संस्थाहरुको व्याजदर धेरै नै बढेको र त्यसमा पछि पहुँच भएका व्यक्तिहरुलाई मात्रै पाउने गरेको गुनासो गर्दै प्रमुख अतिथि उप्रेतिले सहकारीबाट सरल र सहज रुपमा ऋण पाउने गरेकोले सहकारी प्रति सर्वसाधारणको झुकाव बढेको बताए । कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख ओम नारायण झाले प्रदेश सरकारले सहकारी ऐन पारित गरिसकेको र अब छिटै नै त्यसलाई कार्यान्वयनमा ल्याउने बताउदै यस संस्थालाई जुनसुकै बेला कुनै सहयोगको आवश्यकता परेमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सरकार स्वास्थ्य सेवा विभाग, आपुर्ति व्यवस्थापन महाशाखाको प्रमुख एवं संस्थाका बरिष्ठ सल्लाहकार सुरेन्द्र प्रसाद चौरसिया, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पडित, सहकारी विकास बोर्डका पूर्व सञ्चालक तथा जय गणेश साकोसका सल्लाहकार शम्भु गुप्ता, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति बिरेन्द्र राज कडेल, को–अपरेटिभ म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए । सो अवसरमा संस्थाका कार्यकारी अधिकृत चन्देशवर प्रसाद चौरसियाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७८÷०७९ मा कुल कारोबार ९५ करोड २३ लाख ९३ हजार ८ सय ७१ रुपैया रहेकोमा संस्थाको शेयर पूँजी ४ करोड ८४ लाख ४९ हजार १०० रुपैया, बचत संकलन ७९ करोड ८१ लाख ७४ हजार ४ सय ३७ रुपैया, जगेडा तथा अन्य कोषहरुमा ४ करोड १ लाख १२ हजार ३ सय ५१ रुपैया, कर्जा तथा सापटि ६९ करोड १० लाख ५५ हजार ९ सय ७१ रुपैया रहेकोमा खुद नाफा २ करोड १२ लाख ९९ हजार ९ सय ९१ पैसा रहेको बताए । साथै संस्थको स्थिर सम्पत्ति वीरगंजको आदर्शनगर स्थित भाजुरत्न चौक निर १५.५ धुर जग्गा जोडन सफल भएको बताए ।

 

संस्थाले २०७५ पुस १४ गते देखि नै प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा, एसएमएस बैंकिङ्ग, क्यालेन्डर ऐप, ब्लुक एसएमएस सुचारु गरेको तथा डिजिटल भुक्तानी गर्ने क्युआर कोड समेत संचालनमा आएको कार्यकारी अधिकृत चौरसियाले बताए । साथै यहि आ.व. भित्र एटिएम सेवा पनि सुचारु गर्ने सम्पूण तयारी पुरा भएको बताए सो अवसरमा संस्थाका उत्कृष्ट सदस्यहरु अमिता डंगोल, नेहा उपाध्याय, शारधा मानन्धर, महिमा श्रेष्ठ, मधु धौधरी, दिपक अग्रवाल, बिरेन्द्र कुमार कलवार, पुजा गुप्ता, विश्वनाथ राउत बरै, शशिकान्त गुप्ता, राजकुमार अधिकारी, सौर्या शर्मा, राकेश प्रसाद कुशावाहालाई दोसल्ला ओढाई मायाको चिन्हो सहित सम्मान गरिएको थियो । सोही अवसरमा संस्थामा लामो समय रही उत्कृष्ट कार्य गरेका कर्मचारी कृष्णा यादव, अमिता डंगोल, शान्ता श्रेष्ठ, नेहा उपाध्याय, हिरालाल चौरसिया, शुष्मा महर्जन, मुरारी सर्राफ, शारधा मानन्धर, तेतरी देवी राना मगर, बिमल चिमारिया, शोभा कुमारी, ममता भोलन, मधु चौधरी, अभिमन्यू यादव, महिमा श्रेष्ठ, सिकेन्द्र यादव लाई मायाको चिनो सहित प्रशंसा पत्रले सम्मानित गरिएको थियो । उज्जवल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि. वीरगंजका शाखा प्रमुख संजय महतो, नेफस्कुनका फिल्ड कार्यालय प्रमुख बृजेश गुप्ता, कोहिनुर साकोसका कार्यकारी अधिकृत सहनवाज अंसारी, सुविधा साकोसका समि अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, जय लक्ष्मी साकोसका नगनारायण सिंह, वीरगंज युवा समाजका कमल चौगाई, स्वच्छ साकोसका पवन अग्रवाल लगायत संस्थाका कर्मचारी, सञ्चालक समिति, शेयर सदस्य लगायत सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी