भन्सार नतिरी बाहिरबाट ल्याईएका मोबाईल आजबाट नचल्ने

भन्सार नतिरी बाहिरबाट ल्याईएका मोबाईल आजबाट नचल्ने

  • शुक्रबार, पुस १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं । भन्सार नतिरी ल्याइएका मोबाइल सेट आज शुक्रबारदेखि नचल्ने भएका छन् ।

नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन ।

विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यो नीति लागू गरेको हो ।

गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने चल्नेछन् । भदौपछि भन्सार नतिरी भित्रिएका सेटहरु भने एमडीएमएस दर्ता गरेपछि मात्रै चल्ने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यस अघि नै सार्वजनिक सूचना जारी गर्दै पुस १५ गतेपछि कुनै पनि मोबाइल फोन एमडीएमएसमा दर्ता नगरिने बताएको थियो ।

शुक्रबारदेखि विदेशबाट आउनेहरुले पनि आफूले प्रयोग गरेको बाहेक अन्य मोबाइल सेट ल्याए भन्सार तिर्नुपर्ने छ । कसैगरी भन्सार छलेर मोबाइल भित्र्याएमा सेटमा सिम राखेको दुई सातापछि फोन नचल्ने पनि प्राधिकरणले जनाएको छ ।

नेपालमा हाल प्रयोगमा रहेका मोबाइल सेट मध्ये करीब ४० प्रतिशत भन्सार नतिरी भित्रिएको अनुमान गरिएको छ । यो प्रणाली लागू भएपछि प्रयोग भईरहेका मोबाइलको रेकर्ड राख्न तथा चोरी नियन्त्रण गर्न पनि सजिलो हुने दाबी प्राधिकरणको छ । आयातकर्ताले नै आईएमईआई नम्बर दर्ता गरेपछि मात्रै फोन चालु हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी