अन्तर्वार्ता : बिगतका कामले नै निर्वाचन जित्नेमा ढुक्क छु : दीपक बाेहाेरा

अन्तर्वार्ता : बिगतका कामले नै निर्वाचन जित्नेमा ढुक्क छु : दीपक बाेहाेरा

  • बुधबार, कार्तिक ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

रुपन्देही–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका बालकृष्ण खाण र एमालेको नेतृत्वमा राप्रपा, जसपा तालमेलबाट राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा चुनावी प्रतिस्पर्धामा  छन् ।  खाण र बोहोरामध्ये एक जनाले यहाँको प्रतिनिधित्व गर्दै स‌ंसद प्रवेश गर्ने धेरैको अनुमान छ । निर्वाचनको तयारी र सम्भावनाबारे बोहोरासँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईले जित्ने आधार के हो र ? 
चुनाव जित्ने पहिलो आधार भनेको आम मतदाता एमाले, राप्रपा र जसपा नेतृत्वको गठबन्धनका साझा उम्मेदवारको पक्षमा खुलेर, स्वतस्फूर्त रुपमा लाग्नु भएको छ । अर्को कुरा स्थानीय तहको निर्वाचनको मत पनि हो । यहाँ हामी सत्ता गठबन्धन भन्दा १२ हजार मतले अगाडी छौँ । यसकारण जित्नेमा ढुक्क छौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनपछि जब राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी अगाडि बढ्यो, त्यसपछि राप्रपामा एउटा नयाँ खालको उत्साह–उमंग बढेको छ ।

यस क्षेत्रको विकासका लागि तपाईका योजना के के छन् ? 
नेपालको समृद्धिको आधार कृषि र पर्यटन नै हो । हामी प्रदेश सरकार र संघीय सरकारको पहलमा कृषि केन्द्रित ठूला योजना यस क्षेत्रमा ल्याउने छौं । ताकी यस क्षेत्रका कुनै पनि किसान समस्यामा अल्झिन नपरोस् । सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्ग बेलहिया र हवाइमार्ग अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल हो । यी ठाउँलाई सुविधासम्पन्न बनाउछौं ।

पर्यटन क्षेत्रको विकासका लागि डण्डा करिडोरलाई व्यवस्थित गरी पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, भैरहवासहितका पर्यटकीय बजारलाई रात्रिकालिन बजारको रुपमा विकास गर्ने तथा भैरहवामा मेला तथा महोत्सव सञ्चालनका लागि भैरहवा मण्डपका लागि आवश्यक पहल गर्ने योजना छ । अतिथि देवो भवःको मूल नारालाई आत्मसाथ गर्दै सेमलारमा रहेको ताल, दर्वाह पार्क, तिनाउमा ग्रिनरीका काम गर्ने योजना छन् ।

मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । उद्योग, कलकारखाना बन्द हुँदै गएका छन् । उद्योगी, व्यवसायी तथा सर्वसाधारण सडकमा आउने अवस्थामा छन् । यस्तो अवस्था अब बढ्दैन भनेर मतदातालाई कसरी विश्वस्त पार्नुहुन्छ ? 
हो, मुलुक अहिले चरम आर्थिक संकटमा छ । उद्योग, कलकारखाना तथा व्यवसाय दिनानुदिन बन्द भएका समाचार आइरहेका छन् । आम नागरिक भएको रोजीरोटी समेत गुम्ने अवस्थामा छन् । अहिलेको सरकारको गलत नीतिका कारण आज उद्योगी व्यवसायीले यस्तो अवस्था झेल्नु परेको हो । सरकारको गलत नीति परिवर्तन गरी सबैको हितमा हुने गरी नीति बनाउन एमाले, राप्रपा र जसपा नेतृत्व गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन जरुरी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी