कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

  • मङ्लबार, कार्तिक २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

सप्तरी, २९ कात्तिक । मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिएका छन् । कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिन सुरू गरिसकेको ठाकुरको भनाइ रहेको छ ।

मधेस प्रदेश सरकारद्वारा गत वर्ष मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले मंगलबारबाट खोलिएको हो । नयाँ भर्ना गर्ने विद्यार्थीले बी.एस.सी.एजी अर्थात् कृषि विषयका लागि स्नातक तहमा भर्ना भई अध्ययन गर्न पाउनेछन् ।

विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी भर्ना हुन पाउँनेछन् । तीन महिनाअघि कोर्स डिजाइन गरिएअनुसार विश्वविद्यालयले खासगरी महिला,मधेसी,दलित,अपाङ्ग, मुस्लिम लगायतका कोटाहरू छुट्याएर पहिलो वर्ष ५० सिटका लागि भर्ना खोलेकोको उपकुलपति डा.वैजनाथ महतोले जानकारी दिए ।

मधेस कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार स्थापित प्रदेश विश्वविद्यालयमा अर्को वर्षदेखि कृषि, भेटनरीको,बागवानी,मत्स्य लगायतको पढाइसँगै कृषिको आधुनिकीकरण,व्यवसायीकरण,औजारीकरणको अध्ययन अध्यापन गराइने डा.महतोको भनाइ रहेको छ ।

विश्वविद्यालयको शैक्षिक गतिविधिले मधेस प्रदेशमै वस्तुको उत्पादकत्व बढाउनुका साथै खाद्य तथा पोषण सुधार हुने विश्वास रहेको छ । कृषकको जीविकोपार्जनमा सुधार तथा रोजगारीमा वृद्धि हुने उद्देश्य विश्वास विद्यालय सञ्चालनमा ल्याएको रजिस्ट्रार ठाकुरको भनाइ रहेको छ । योसँगै विभिन्न समसामयिक विषयमा अनुसन्धान तथा कृषक एवं कृषि प्राविधिकलाई तालिम र प्रविधि प्रसारसमेत गरिने यस विद्यालयले गर्नेछ ।

पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव,मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र मधेश कृषि विश्वविद्यालयका कुलपतिसमेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रूपमा गत मंसिर २७ गते विश्वविद्यालयको उद्घाटन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी