अन्तरीक्षमा प्रजनन क्षमताको पहिचान गर्न चीनले बाँदर पठाउने !

अन्तरीक्षमा प्रजनन क्षमताको पहिचान गर्न चीनले बाँदर पठाउने !

  • सोमवार, कार्तिक २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

चीनले तियाङगोङ अन्तरिक्ष स्टेसनमा बाँदरहरू पठाउने योजना गरिरहेको बताइएको छ । शून्य गुरुत्वाकर्षण वातावरणमा उनीहरु कसरी प्रजनन गर्छन र हुर्कन्छन भन्ने अध्ययन गर्न चीनले अन्तरिक्षमा बादर पठाउन लागेको हो । वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने चिनियाँ वैज्ञानिक झाङ लूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार यो प्रयोग अन्तरिक्ष स्टेसनको सबैभन्दा ठूलो मोड्युलमा गरिनेछ, जुन मुख्यतया जीवन विज्ञानमा प्रयोग गरिन्छ ।

माछा र शंखे किराजस्ता साना जीवहरूको अध्ययन गरेपछि “अब मुसा र बाँदरहरू अन्तरिक्षमा कसरी हुर्कन्छन वा प्रजनन गर्छन भन्ने बारे केही अध्ययनहरू गरिने’, झाङले बताए । उनी विश्वास गर्छन कि यी प्रयोगहरूले सूक्ष्म गुरुत्वाकर्षण र अन्य अन्तरिक्ष वातावरणमा जीवको अनुकूलनको सुधार गर्न मद्दत गर्नेछ ।

तर, प्रतिवेदनअनुसार विज्ञहरूले मुसा र अन्य जीवजन्तुहरूमा यस्तो अध्ययन गर्न अझै धेरै कठिनाइहरू रहेको औंल्याए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी