दलीय प्रणाली कमजोर बनाउने कुरा मान्य हुँदैनः ईश्वर पोखरेल

दलीय प्रणाली कमजोर बनाउने कुरा मान्य हुँदैनः ईश्वर पोखरेल

  • बुधबार, अशोज १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य नहुने बताएका छन् । काठमाडौं– ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादसैँको शुभकामना आदान–प्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले एउटा दल खराब भए फेरि अर्को दल आउँने समेत बताए ।
पोख्रेलले भने, ‘अहिले विभिन्न साथीहरू विभिन्न रूपले प्रकट हुनुभएको छ। तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन। एउटा दल खराब भए फेरि अर्को दल आउँछ।’

जनताका पक्षमा राम्रो जसले गरे पनि एमालेले समर्थन गर्ने पनि पोख्रेलको भनाई थियो । उनले राम्रा काम गर्नेको पक्षमा एमाले उभिने बताए।

‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ। राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ। राम्रा काम जोसुकैले गरून्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ। सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ पोख्रेलले भने ।

एमसिसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्तागठबन्धनले तमासा गरेको पनि उनले बताए। ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उनले भने, ‘हामीसँग दुईवटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन। तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ।’

जनताको भावनाअनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे। आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए। ‘मंसिर ४ गते एमाले आउँछ। सूर्य चिह्न आउँछ–आउँछ,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी