नेपाल किन विकसित र सम्बृद्धिशाली हुन सकेन भन्ने चारै तर्फको चर्चामा रहेको बिषय बनेको छ । यसको कारण के हो भन्ने कुरा अहिलेसम्म कुनै कोणवाट जानकारी लिन सकिएको छैन । जे जति बुद्धिजिवीहरुका लेखहरु आएका छ ति लेखहरु पढ्दा पनि गुह्य कुरा पैल्याउन सकेको पाईएन । यसर्थ यो बिषययको सही जबाफको खोजि गर्न सबै नेपालीलाई राष्ट्रवादी धरातलमा उभिनु पर्ने हुन्छ । जब नेपाली समाज समग्रमा राष्ट्रवादी हुन्छ त्यति खेरमात्र विकास र सम्बृद्धिको संभावनाहरु प्रसस्त हुने गर्दछन ।
अर्थिक राष्ट्रबाद सम्बृद्धिको आधारभूत आवश्यकता हो । तर यो यथार्थलाई बार्षौँ बर्ष देखि केवल आ–आफ्नो स्वार्थ पूरागर्नको लागि नेपालका अधिकांश राजनीतिक दलहरु, संचार माध्यमहरु, पत्रकारहरु, तथाकथित बुद्धिजिवीहरु, तथाकथित मानवअधिकारवादीहरु, तथाकथित नागरिक समाजका अभियन्तहरु, र यहाँको प्रसाशनयन्त्रले समेत जानी बुझी वेवास्थागरि रहेका छन ।
यो भू–मण्डलीकरण र सूचना प्रविधिको यूगमा डब्लुुटिओ र यसका विभिन्न प्रावधानको पालना गर्दै अर्थिक राष्ट्रवादलाई अगाडी बढाउन पर्नेमा यहाँका सबैजसो विकास र सम्बृद्धिसंग जोडिएका व्यक्ति तथा संस्थाहरु राजनैतिक खेलमा अविरल रुपमा लागि रहेकाछन । आर्थिक राष्ट्रवाद भन्नाले तुलनात्मक लाभ भएका प्राकृकि श्रोहरुको दोहन गर्दै यस देलाई विकसित र सम्बृद्ध बनाई देशको राष्ट्रियता, स्वाभिमान र पहिचान कायम राख्दै राष्ट्रलार्य अखण्ड र बलियो वनाउनु हो । सबै यसैको लागि कृतसंकल्पित हुनु हो ।
पूँजि, प्रविधि, जनशक्ति र प्राकृतिक श्रोतहरु उत्पादनका प्रमख साधहरु ह्ुन । आजको विश्वमा पूँजिको कुने कमि छैन । पूँजि लगानी गरेर मात्र यसबाट लाभ लिन सकिन्छ । यसर्थ नेपालमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूँजिपतिहरु तथा वित्तीय संस्थाहरु तम्ततयार भएर बसेका छन् । उत्पादन प्रविधि आजको युगममा धेरै सूलभ र सरल वनि सकेको छ । शिक्षाको विकासले गर्दा नोलमा उत्पादनका लागि चाहिने दक्ष जनशक्ति पर्याप्त भैसकेको छ । नेपालमा उत्पादित वस्तु तथा सेवाहरु द्रुतगतिमा विकास र संम्बृद्धि तिर अग्रसर छन । यसरी यहा उपलब्ध साधन र श्रोतको उचित प्रयोग गर्न सक्ने वित्तिकै आर्थिक विकासमा गतिशीलता हासिल गरिरहेको उत्तरी छिमेकी देश चिन र त्यस्तै सम्बृद्धिको शिखरमा पुग्ने अभिलाषामा रहेको भारतको बजार हामीलाई प्रत्यक्षतः उपलब्ध हुन्छ । यी देशको बजारमा जे जस्ता सामान उत्पादन गरेपनि सजिलै खपत हुन सक्ने अवस्था विद्यमान छ । यतिमात्र नभएर यहाँका उत्पादनहरु अन्य देशको बजारमा समेत खपत हुन सक्ने अवस्था दर्विलो छ ।
विश्वमा उत्पादनका श्रोतहरु विस्तारै सकिने अवस्थामा पुगेका छन । तर नेपालमा भने यसको प्रचुरता अझै विद्यमान छ । त्यसैले नेपालमा लगानी गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरु उत्सुक भएर बसेका छन । संविधान बनेपछि राजनैतक स्थिरता आँउछ । अनिमात्र नेपाल विकास र सम्बृद्धि तर्फ अघि बढ्छ भन्ने नेपालीको चाहना माथि किन तुषरापात भईरहेको छ ? यसको लागि बाधक तत्वहरु के हुन र को को विकास र सम्बृद्धिको अभियानमा अवरोध बनिरहेका छन ? भन्ने प्रश्नको उत्तर नेपाली जनताले खोजिरहेको अवस्था हो ।
पूँजि प्रवधि र जनशक्ति र बजार उपलब्ध भएर पनि देशको विकास नहुनुमा प्रमुख राजनैतिक दलहरु नै जिम्मेवार हुनुपर्छ । किनभने देशको यो हालत देखिरहँदा यि दलहरुमा कुनै विकास सम्वन्धि सोचै छैन भन्ने शंका गर्ने ठाउँ प्रसस्त भैसकेको छ । अहिलेसम्मको अनुभवमा यथार्थमा यि दलहरुसंग विकासको सपना छैन, संम्बृद्धिको महत्वकांक्षा पनि छैन । तर केवल आफ््नो सत्ता टिकाउने, आफ्नो दल र दलका नेताहरुको स्वार्थ केन्द्रीत राजनीतिको कारण नै हो यो देशले विकासको गति अहिले सम्म पक्डन सकेको छैन । उनिहरुको कैल्यै नसुध्रियको चरित्रले गर्दा नेपालीहरुको स्वाभिममान, राष्ट्रिय नेपाली पहिचान र नेपालको भौगोलिक अखण्डता आज विदेशीको निगरानीमा रहेको जस्तो देखि रहेको छ ।
नेताहरुमा राष्ट्रिय दृष्टिकोण नै बनेन भन्दा नराम्रो त लाग्ला सुन्नेलाई । यद्यपी यो यथार्थ हो नेताहरु र दलहरु केवल चुनावको वेलामा एउटा घोषणा पत्रको खेश्रा बोकेर जनतालाई लोभ्याउन पुगेका हुन्छन । जनता पनि के गरुन कुनै विकल्प नभएपछिको अवस्थामा यिनै नेतालाई ंिसंहासनमा चढाउन बाध्य भैरहेका हुन्छन । यिनै दलहरुमा राष्ट्रिय स्वाभिमानको खडेरि लागेको दिमागले जनता परिचालन गरेपछिको देशको अवस्था कहालिलाग्दो हुनु अचम्मको कुरा त भएन । यद्यपी नेता अथवा कुनै दलले राष्ट्रवादलाई दर्विलो बनाउने सोच बनाएर काम गर्न थाल्यो अथवा जनपक्षीय भयो भने विपक्षी पार्टी त के त्यसै पार्टी भित्रका विचित्र वर्णहरु विदेशीको इसारामा यस्तो अभियान रोक्न बल बुता लगाएर अवरोध खडा गरिरहेका हुन्छन ।
यो देशमा विकास र सम्बृद्धिको गफमात्र हुनुको कारण यो अस्थिरताको फाईदा उठाएर आफू मालामाल हुनेहरुको चटककी चाल हावी भएको छ । खास गरेर यो वर्ग भनेको अक्षम र भ्रष्ट कर्मचारी नै हो । यो वर्गको कुनै पहिचान नै छैन । राष्ट्र सेवक हुँ भन्ने भावना समेत नभएको यो वर्गले देशको लागि के योगदान गरिरहेको छ त ? आफ्नो स्वाभिमान हराएको यो वर्ग जुन दलको सत्ता आयो त्यही दलका नेताको चाकडी गर्न पुगेको हुन्छ । नेताको अगाडी हात मोल्ने, म हजूरकै हुँ हजूर भनेर बाँदरभक्ति देखाउने, चाहिने नचाहिने कुराहर सत्ताधारी नेताहरुलाई लगाई गुमराहमा पार्ने र सम्पूर्ण अविकास, भ्रष्टाचार र विग्रहको दोष भने राजनैतिक दल र सरकारलाई लगाएर आफू पानि माथिको ओभानो बन्ने प्रबृति यो वर्गको रहेको छ ।
यो वर्ग सधै भ्रष्टाचारमा लिप्त भएर आफ्नो स्वार्थ पुरा गर्ने गर्दछ । समयमै विकास निर्माण कार्यहरु पुरा हुन नदिने, विकास खर्च नगर्ने, अत्यन्तै अक्षमहरुको जमात यो वर्गमा पर्न पुगेको कारण नै देश बर्वाद भएको हो । यो वर्गले कैल्यैै पनि राजनीतिक स्थिरता आउन दिदैन । किनभने देशको राजनीतिक अस्थिरता यो वर्गको लागि वरदान वनेको छ । यतिमात्र होईन यो त उनिहरुको कमाई खाने र मालामाल हुने बाटो बनेको छ । यसर्थ यो वर्गले जैले पनि देशमा अस्थिरता रहिरहोस भन्ने चाहना मात्र होईन अस्थिर राजनीति र सरकार बनाउने भर मग्दुर प्रयत्न गरिरहेको हुन्छ । यो वर्गमा कोही असल देखिए राम्रो काम गर्न लागे भने त्यस्तालाई समाप्त गर्न राजनीतिक दल र नेताको ढोका चाहरेर इमान्दारलाई टिक्न सम्म पनि यो वर्गले दिदैन । फेरी आफूले गरेको भ्रष्टाचारको ढाक छोप गर्न संचार माध्यमलाई आफ्नो पकडमा राखेर आफ्नै जयगान गाउन लगाउन समेत यो वर्ग खप्पिस भैसकेको छ । यसर्थ नेपाल विकसित र सम्बृद्ध देश हुन नसक्नुमा यो वर्गनै विशेष कारण बनेको छ भन्दा कुनै अचम्म मानिरहनु पर्दैन ।
सरकारको चौथो अंगमा रहेको अधिकांश केही दलाली संचारमाध्यहरुको भूमिका राष्ट्र हितमा छैन । यो दलाली संचार जगत देशका राष्ट्रबादी नेताहरुलाई खुईल्याउन, राष्ट्रिय मुद्धाहरुलाई धमिल्याउन र राष्ट्रवादी नेताहरुको मानमर्दन गर्नुमा नै आफ््न पुरुषार्थ हो भन्ने ठान्दछ । यसै वर्गको करामतमा देशको «विकास स्थिरता, राष्ट्रवाद र सम्बृद्धिको आशा र विश्वास जगाउने नेता तथा सकारलाई वदनाम गर्ने, धज्जी उडाउने, सिके राउत जस्था राष्ट्रिय विखण्डनकारीहरुलई हिरो बनाउने, विदेशीको इसारामा देशको अस्मिता स्वाभिमान पहिचान र अखण्डतामा आाच पु¥याउन खोज्ने दलका नेताहरुको महिमा गाउने, वातावरण तयार गर्ने जस्ता काम भैरहेको छ । यिनीहरुको पितपत्रकारिताको एउटा घृणित रुप राष्ट्रवादी, र इमान्दार नेता तथा राष्ट्रसेवकको उछितो काड्नु र कामै गर्न नदिनु हो । यसैले यो वर्गले केवल आफ्नो स्वार्थहरु पुरा गरेर आफ्न हैसियत उच्च राख्न यस्ता संचार माध्यमहरु तल्लिन देखिन्छन । नेपालको विकास र संम्बृद्धिको बाधक तत्व यो पनि हो ।
राष्ट्रियता, स्वाभिमान, राष्ट्रिय पहिचान, विकास र सम्बृद्धि जस्ता कुराहरुलाई असान्दर्भिक, हावादारी बनाएर अन्धराष्ट्रवादी एवं हावादारी लेखहरु लेख्ने कथित बौद्धिक खेताला सधै दलालीमा व्यस्त देखिन्छन । यो उनिहरुको व्यवहारले के ति नेपाली हुन् र ? भन्ने संका उत्पन्न हुन्छ । के यो अकंण्टक स्वतन्त्र राज्यमा द्वैध राष्ट्रको कुरा उठाउन समेत यो बौद्धिकता भनाउँदाहरु लाज मानिरहेका हुँदैनन । यो बौद्धिक भनाउँदो जमात यस्तो छ जस्ले देश बन्छ भन्ने विश्वासै गर्दैन । देशको अखण्डताको कुरै गर्दैन । भनिरहन्छ यो देश अर्कैको हुने भयो । के बौद्धिक जमातले देश अर्कैको हुन्छ भन्न सुहाउछ ? देश बन्छ भन्ने वित्तिकै देशै सकियो भन्ने बुद्धिजिवी भनाउँदो जमातले नै सरकारमा र विभिन्न पार्टीमा समेत प्रभाव जमाई रहेको छ । यसर्थ तथाकथित बौद्धिक जमात पनि यो देश र सम्बृद्धिको बाधक हो ।
नेपाल र नेपालीको सहयोगमा भनेर विभिन्न एनजिओ आईएनजिओहरु लागेका छन । यि सबै जसो यो देशको वैभवता माथि धावा वोल्न विदेशीहरुको प्रायोजनमा आएका हुन । यिनीहरुको काम नै हाम्रो धर्ममाथि प्रहार गर्न धर्म परिवर्तन गरेर क्रिश्चियन बनाउने, अन्य कुनै विखण्डनकारी हर्कत गर्ने समाजमा विग्रह पैदा गर्ने काममा यो वर्ग सधै व्यस्त देखिन्छ । वास्तवमा आज क्रिश्चियनीटिको दव्दवा रहनु पनि यसैको कारण हो । साच्चै भन्नुपर्दा हाम्रो सभ्यता र संस्कृतिको विनास गरेर समाजलाई विश्रृंखलित गर्ने काममा यिनीहरुको लगानी छ । यसरी हाम्रो राष्ट्रियता, स्वाभिमान, धर्म संस्कृति मासेर जातीय विभेद चर्काएर यो देशलाई सधै अस्तव्यस्त बनाउने कर्ममा यो जमात लागेको छ । यतिमात्र होईन सामाजिक द्वन्द चर्काएर यो देशलाई विखण्डनको अवस्थासम्म पु¥याउने यिनीहरुको दुस्प्रयाश हो । अव जनताले यि एनजिओ र आईएनजिओको कर्तुत बुझेर यिनीहरुबाट होसियार बन्नु पर्ने अवस्था आईसकेको छ । यि सबै यिनीहरुले यहाको प्राकृतिक साधन र श्रोत हात पार्न गरेको कसरत हो भन्ने कुुरा बुझ्नु पर्छ । अन्यथा यो देशलाई यि एनजिओ रुपी स्वदेशी दलाल र प्रायोजित विदेशी छद्मभेषीहरुले यो देशको अस्मिता माथिको अत्याचारको चरम अवस्था भोग्न हामी बाध्य हुनुपर्नेछ । यस्तो क्रुर दलाली समूहलाई सरकारले यो बुझेर हो वा नबुझेर यिनै नामधारी एनजिओ र आइएनजिओको सल्लाहमा विकास कार्यक्रम तयार गर्छ र यिनीहरुलाई नै हैकम चलाउन सहयोगर्छ । यो पनि यो देश विकास र सम्बृद्ध नहुनुको अर्को कारण हो ।
यो देशको विकास नहुनुमा विडम्वनाकै रुपमा नेपाली जनताको दरिद्र मानसिकता पनि हो । आफै नेपाल सम्बृद्ध हुँदैन भन्ने भावनाले यो देशलाई ग्रसित बनाएको छ । यतिमात्र नभएर विना सुझबुझ ठट्यौलीमा जमात जुटाएको देखेर त्यस्ता नेता र पार्टीलाई सत्तामा पु¥याउन जनताले गरेको करामत नै यो देशको दुर्दशाको कारक बनेको छ भन्न पनि सकिन्छ । जनता के सत्य हो के झुटो चलाखी हो भन्ने नबुझी घर घरमा पाईप जोड्ने सबै युवालाई रोजगारी दिने रोजगार नपाउनेलाई खल्तिमा पैसा हालिदिने जस्ता देशलाई छिटै सम्पन्न वनाउने बखानको भरमा आर्थिक प्रलोभनमा प्रोपोगण्डाको भरमा परि निकृष्ठ र अक्षम तथा राष्ट्रघाती पार्टी र नेताहरुलाई सत्तामा पु¥याउने वानी पनि यो देश विकासको निमित्त अवरोध हो ।
समष्टीगत रुपमा भन्नुपर्दा अधिकांश राजनैतिक दलहरु तथा यसको अराष्ट्रवादी नेताहरु, भ्रष्ट र अक्षम कर्मचारी तन्त्र, दरिद्र मानसिकताका जनताहरु, केही अराष्ट्रवादी र दलाल संचार माध्यमहरु, पित पत्रकारहरु, विदेशी आईएनजिओ र स्थानीय एनजिओहरु, तथाकथित विदेशी दलाल बनिरहेका स्वघोषित बुद्धिजिवीहरु र विदेशी शक्तिकेन्द्रहरु नै नेपाल र नेपालीको राष्ट्रियता, स्वाभिमान, पहिचान, जातीय तथा धार्मिक सद्भाव राष्ट्रिय भौगोलिक अक्षुणतालाई खण्डित गरि नेपाललाई सदैव गरिव, अस्थिर र अविकसित बनाउने कारकहरु हुन । यसर्थ यो देश विकास नहुनुमा यिनै माथि उल्लेख भएका तत्वहरुकै षढयन्त्रपूर्ण कृयाकलाप हो । यिनीहरुले गर्दा नै यो देश विकसित र संम्बृद्ध हुन नसकेको हो भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी भैसकेको छ । यसर्थ यस्ता तत्वहरुको चलखेल जगैदेखि समाप्त पारेर यो देशको सम्बृद्धिको लागि साझा परियोजना सहित हामी नै अग्रसर हुनुपर्छ । यो समग्र विकृतिको नास गरेर देशलाई सम्बृद्धिको शिखरमा पु¥याउन हामी सबै गोलबन्ध भएर अघि बढ्नु पर्द । यो अभियानमा सबै जुटेमात्र देश बन्छ । सबैमा चेतना भया ।
लेखक-अर्थशास्त्री एवं स्थानीय निकाय वित्तीय आयोगका पूर्व विज्ञ हुन् ।