पाँच फिटको क्यानभासमा नेपालको कला संस्कृति

पाँच फिटको क्यानभासमा नेपालको कला संस्कृति

  • शुक्रबार, भदौ १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, १७ भदौ ।

विभिन्न देशका डेल्फिक काउन्सिलहरूले १ सेप्टेम्बरमा एकसाथ आयोजना गरेको एकदिने चित्रकला कार्यशाला ‘डेल्फिक आर्ट वाल कोलिशन’ नेपालमा पनि आयोजना गरिएको छ । गत वर्ष नेपालमा गठन भएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को नेपाल च्याप्टर ‘नेसनल डेल्फिक काउन्सिल नेपाल’को आयोजनामा बिहीबार काठमाडौंको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा कार्यशाला सम्पन्न गरिएको हो ।

उक्त कार्यशालामा आठ वर्षदेखि ७० वर्षसम्मका ७५ जना विद्यार्थी तथा पेसागत चित्रकारहरूले पाँच फिट उचाइ तथा एक सय फिट लम्बाइ रहेको एउटै क्यानभासमा ‘नेपालको कला संस्कृति’ विषयमा आधारित रही विभिन्न चित्रकला तयार पारेका छन् । १० बजेदेखि सुरु भएको चित्रकला कार्यशाला साँझ ५ बजेसम्म सञ्चालनमा थियो । कार्यशालामा विभिन्न विद्यालयका विद्यार्थीदेखि नाम चलेका चित्रकारहरूको सहभागिता थियो । चित्रकला कार्यशालाको समापनमा सम्पूर्ण चित्रकारहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यशालाको उदघाटन समारोहका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विश्व शान्तिको कामना गर्दै खाली क्यानभासमा स्वयम्भूनाथ स्तूपको चित्र बनाएर कार्यशाला सुरु गरेका थिए । उनले यो कार्यक्रम नेपालको लागि निकै नौलो रहेको बताए । उनले डेल्फिक काउन्सिलको नेपाल च्याप्टर स्थापनाको छोटो समयमै भइरहेको यो कार्यशाला अत्यन्त महत्वपूर्ण रहेको र यसले नेपाललाई संसारमा चिनाउने विश्वास व्यक्त गरे ।

चित्रकला कार्यशालामा सहभागीहरूले एकसाथ तयार गरेको क्यानभास विभिन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा नेपालको तर्फबाट प्रस्तुत गरिने आयोजक संस्था डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल (बाबुराम अर्याल) ले बताए ।

नेसनल डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष तथा कार्यशालाका कार्यक्रम निर्देशक जीवनकुमार पराजुलीले कला क्षेत्रमा रुचि रहेका विद्यार्थी तथा कलाकारहरुको क्षमता प्रस्फुटन गरी अन्तर्राष्ट्रिय रूपमै पहिचान प्राप्त गर्ने एक खुड्किलोको पमा चित्रकला कार्यशालालाई लिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी