द कलेज एम्बासडरले देखाए प्रतिभा

द कलेज एम्बासडरले देखाए प्रतिभा

  • मङ्लबार, भदौ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, १४ भदौ । ‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीले आफूमा रहेको प्रतिभा देखाएका छन् । राजधानीमा आयोजित ट्यालेन्ट राउन्डअन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकलालगायतका ट्यालेन्ट देखाए ।

डान्स कोरियोग्राफर श्रेया महर्जन, सौन्दर्य प्रतियोगिता विजेता पूजा पुरी र प्रोफेसर विनय रन्जितलगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए । प्रतियोगितामा आठ महिला र आठ पुरुष प्रतियोगी रहेका छन् ।

प्रतियोगिताको यो ११औं संस्करण हो । यसका लागि उपत्यकाका नाइटिंगेल इन्टरनेसनल कलेज, हेराल्ड कलेज, काठमाडौं स्कूल आफ सेन्टल स्टेज, किष्ट कलेज, गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, वेस्टर्न कलेज, ह्वाइटफिल्ट इन्टरनेसनल कलेज, कुसम, द टाइम्स इन्टरनेशनल कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रवीण लाकौलले बताए ।

ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका बिभिन्न बिषयमा आफुलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिने बताइन् । मिसेस युनिभर्स नेपाल २०१९ की विजेतासमेत रहेकी अनिला प्रतियोगिताको कोरियोग्राफरसमेत हुन् ।

प्रतियोगिताको अन्तिम स्पर्धा यही १७ भदौमा रसियन कल्चल सेन्टर (रसियन हाउस) कमलपोखरीमा आयोजना हँुदैछ । प्रतियोगीमा शीर्षसहित बिभिन्न आधा दर्जनभन्दा बढी बिधामा विजेता छानिनेछ । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी