लिच्छवि हाउसको भूमिपूजामा गुञ्जिए गायक विपुल क्षेत्री र सुकर्म ब्यान्ड 

लिच्छवि हाउसको भूमिपूजामा गुञ्जिए गायक विपुल क्षेत्री र सुकर्म ब्यान्ड 

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १३ भदौ । बौद्धस्थित लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रममा गायक विपुल क्षेत्री र सुकर्म ब्यान्डले प्रस्तुति दिएका छन् ।

अन्तर्राष्ट्रिय फिल्म निर्देशक एवं बुद्ध धर्मका अग्रणी गुरु जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) को कल्पनामा बन्न लागेको लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रमको निम्तो मान्न विपुल काठमाडौं आएका थिए ।

विश्वप्रसिद्ध अवार्ड ग्रामी सदस्यसमेत रहेका विपुलले आफ्ना हिट गीतहरु प्रस्तुत गरे । हावा चल्यो यहाँ बेस्सरी, हल्लियो बाँसघारी, उडी जाउँ भने, चरी म हैन बस्न पनि यहाँ मन छैन लगायत हिट गीत उनले गाए । स्टेज उक्लिदै गर्दा जन्मोत्सवको शुभकामना पाएका विपुलको प्रफुल्लता गीतसंगीतमा देखिन्थ्यो ।

पंचतारा चर्या नृत्य र बर्था गन्धर्वले सारंगी रेटेर केही गीत गाएपछि कार्यक्रमको मध्यतिर विपुल गितार बोकेर स्टेजमा देखिएका विपुलले युवापुस्तालाई नचाउँन सफल भए । विपुलसँगै सुकर्म ब्यान्डले पनि प्रस्तुति दियो ।

कार्यक्रममा गीतसंगीतसँगै सन्देशमूलक नाटक ‘इफ वी डन्ट लाइक गडः हु विल बी’ मञ्चन गरियो । बौद्धमा साढे दुई रोपनी क्षेत्रफलमा बन्न लागेको लिच्छवि हाउसलाई सबै कलाप्रेमको पूजनीय स्थल बनाउन लागिएको फिल्म अभिनेता तथा निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनका अनुसार भवनमा कलाका सबै विधालाई समेटिने छ । ‘भवनलाई नाटक, पेन्टिङ, कविता, थांका, तालिम केन्द्र, थिएटर र ग्यालरीको रूपमा विकास गरिने भएको छ । साथै, पाहुना गृह, क्याफे पनि बनाइने भएको छ,’ अभिनेता बानियाँले भने ।
 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी