भिभो सन् २०२२ को दोस्रो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा

भिभो सन् २०२२ को दोस्रो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा

  • मङ्लबार, साउन ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, ३१ साउन । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसंग बुझेर विश्वव्यापीरुपमा विस्तार गरिरहेको छ । हाल, भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विभिन्न मुल्य दायरामा विश्वभरका ४०० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूको मन जितिसकेको छ ।
सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, “भिभोको विविध पोर्टफोलियोले ब्राण्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको छ । ब्राण्डले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनितिद्वारा यो गति हासिल गरेको हो । विशेष गरी युवा ग्राहकहरुबाट ब्राण्डले बजेट फेन्ड्ली खण्डमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।”
नवीनता र प्रविधिमा विशेषत् केन्द्रित भएर भिभोले बलियो गति कायम गर्दै सबै क्षेत्रमा ग्राहकहरूको माया र समर्थनको लागि आफूलाई योग्य साबित गरेको छ । उपभोक्ता–केन्द्रित ब्रान्डले आफ्नो भी र वाई सिरिजका कारण यो सफलता तथा लोकप्रियता हासिल गरेको छ । भी श्रृंखला, यसको क्यामेरा–केन्द्रित नवीनता र जेसिस्सँगको साझेदारी तथा वाई श्रृंखला, यसको प्रविधि तथा बजेट फ्ल्यागशिप अनुभवको कारण युवाहरूको रोजाइमा परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी