उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला

उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला

  • मङ्लबार, साउन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

अंकारा, १० साउन । टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा उडानका परिचरले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् । सर्पको टाउको फेला परेपछि उनी त्रसित बनेका थिए । उड्डयनसम्बन्धी ब्लग वन माइल एट अ टाइमलाई  इन्डिपेन्डेन्टले उद्धृत गरेअनुसार जुलाई २१ मा टर्कीको अंकाराबाट जर्मनीको डसेलडोर्फको  सनएक्सप्रेसको एउटा उडानमा उक्त घटना भएको हो ।

आलु र तरकारीको बीचमा सानो सर्पको टाउको छोपिएको देख्दा आफूहरू  चकित परेको चालक दलका सदस्यहरूले बताएका छन् । ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा सर्पको काटिएको टाउको खानाको ट्रेको बीचमा देख्न सकिन्छ ।

उक्त डरलाग्दो चिज देखेपछि एयरलाइनले तत्काल प्रतिक्रिया जनाएको थियो । टर्की प्रेसका अनुसार एयरलाईनका लागि उक्त घटना बिल्कुलै अकल्पनीय थियो । वायुसेवा कम्पनीले खाद्यान्न आपूर्तिकर्तासँगको आफ्नो सम्झौता स्थगित गरेको छ भने उक्त घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच, एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै विमानमा प्रदान गरिने खानेकुरा उच्च गुणस्तरको हुनुपर्ने जनाएको छ । ‘उड्यन उद्योगमा ३० वर्षभन्दा बढी अनुभव भएकोले हामीले हाम्रा पाहुनाहरूलाई हाम्रो विमानमा प्रदान गर्ने सेवाहरू उच्च गुणस्तरको होस् र हाम्रा पाहुना र कर्मचारीहरू दुवैलाई सहज र सुरक्षित उडानको अनुभव होस् भन्ने हाम्रो उच्च प्राथमिकता हो’ एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी