लामखुट्टेले टोकेको रगतको डीएनबाट चोर पक्राउ !

लामखुट्टेले टोकेको रगतको डीएनबाट चोर पक्राउ !

  • बुधबार, साउन ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बेइजिङ, ४ साउन । चीनमा प्रहरीले रोमाञ्चक ढंगले एक चोरलाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएको घरमा मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको दागको डीएनए परीक्षण गरेर चोर पक्राउ गरेको ग्लोबल टाइम्सले जनाएको छ । चोरले घरबाट निस्कने क्रममा लामखुट्टेलाई मारेको थियो ।

रिपोर्टअनुसार उक्त घटना फुजियान प्रान्तको फुझोउमा ११ जुनमा भएको थियो । घरमा पुग्दा ढोका भित्रबाट बन्द भएको र बालकोनीबाट चोर अपार्टमेन्टमा पसेको प्रहरीले जनाएको छ । साउद चाइना मर्निङ पोस्टका अनुसार चोरले धेरै बहुमूल्य बस्तु चोरेको थियो । किचनमा केही चाउचाउ र अन्डा फेला पारेपछि चोर उक्त घरमा रात बिताएको थियो ।

प्रहरीले पर्खालबाट सावधानीपूर्वक रगतको नमूना निकालेर डीएनए विश्लेषणको लागि पठाएको थियो । डीएनए नमूनाहरू आपराधिक रेकर्ड भएका छाइ उपनामका संदिग्ध व्यक्तिको भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीको नयाँ जुक्तिले चिनियाँ सामाजिक सञ्जालका प्रयोगकर्ता दंग परेका छन् । उनीहरूले विच्याटमा अनगिन्ति टिप्पणी गरेका छन् । ‘उसले घटनास्थलमा रात बिताउने हिम्मत कसरी गर्यो रु यो व्यक्तिलाई साँच्चै गम्भीर मनोवैज्ञानिक समस्याहरू छन्’, एक प्रयोगकर्ताले टिप्पणी गरे ।

‘यो लामखुट्टेको बदला हो । लामखुट्टे बेकार हो भन्ने मेरो सोचाइ गलत रहेछ’ अर्काले टिप्पणी गरेका छन् । ग्लोबल टाइम्सका अनुसार अपराध गरेको १९ दिनपछि उक्त चोर पक्राउ परेको थियो । उनले यसअघि पनि चोरीका विभिन्न घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी