शक्तिशाली, स्टाइलिश, नवीनताको सम्मिश्रणः भी २३ सिरिज

शक्तिशाली, स्टाइलिश, नवीनताको सम्मिश्रणः भी २३ सिरिज

  • बुधबार, जेष्ठ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

अहिलेको समयमा, शक्तिशाली विशेषताहरू भएका उपकरणले सबैको ध्यान खिच्दछ । त्यसैले ब्रान्डहरू प्रतिस्पर्धामा अगाडि रहन प्रत्येक नयाँ स्मार्टफोन सार्वजनिक गर्दा स्मार्टफोनका विशेषताहरू र अफरहरू सुधार गर्न केन्द्रित हुन्छन् । पछिल्ला नवीनताहरुमा विशेष ध्यान दिँदै, एक अग्रणी टेक्नोलोजी ब्रान्ड, भिभोले क्यामेरा र नवीनता केन्द्रित भी सिरिज अन्तर्गत उत्कृष्ट स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध गराएका छन् । भी सिरिजका फोनहरु सार्वजनिक भएसंगै यी स्मार्टफोनहरू बजारमा निकै चर्चित बनेका छन् । यी स्मार्टफोनलाई लोकप्रिय बनाउने मुख्य विशेषताहरु यस प्रकार छन्ः
उत्कृष्ट फोटोहरुका लागि सुपीरियर क्यामेरा
भिभोलाई यसको क्यामेरा प्रविधिले अन्य स्मार्टफोनहरू भन्दा भिन्न बनाएको छ । हालै नेपाली बजारमा उपलब्ध भएको भी सिरिजले मोहक तस्वीरहरू, भिडियोहरू, अल्ट्रा–वाइड ल्यान्डस्केपहरू, सेल्फीहरू लगायत खिच्छन् । भी२३ फाइभजीमा आई अटोफोकस र कस्टुमाइज्ड जेएनभी सेन्सरको साथ ५०एमपी पाट्र्रेट सेल्फी प्रयोग गरेर हाइपर–क्लियर पाट्र्रेट÷तस्वीर खिच्न सकिन्छ । स्मार्टफोनमा डुअल टोन स्पटलाइट र अगाडि एआई एक्स्ट्रिम नाइट पाट्र्रेट रहेको छ जसले अँध्यारो वातावरणमा एकदमै स्पष्ट र क्लियर शटहरू क्लिक गर्न सक्छ । भी२३ फाइभजीको ट्रिपल रियर क्यामेरा मोड्युलको बारेमा कुरा गर्दा, यसमा ६४एमपी जीडब्लू१ सुपर–सेन्सिङ क्यामेरा, ८एमपी वाइड–एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेरा सँगै सुपर नाइट मोड छन् । यी फिचरहरुको साथ सामग्री सिर्जनाकर्ताहरूले सोशल मिडिया पोष्ट गर्ने तस्वीरको गुणस्तरको बारेमा चिन्ता गर्नुपर्दैन ।
भी२३ई भिभोले सार्वजनिक गरेको एक सर्वोत्कृष्ट मोडल हो । यस स्मार्टफोनमा ५० एमपी अटोफोकस पाट्र्रेट सेल्फी क्यामेरा रहेको छ जसलाई हाल बजारमा सबैभन्दा शक्तिशाली मानिन्छ । भी२३ई मा आइसोशेल ३.० रहेको छ जसले प्रकाशको संवेदनशीलतालाई सुधार गर्छ । पछाडिको भागमा, भी२३ई मा ६४ एमपी नाइट क्यामेरा, ८ एमपी सुपर वाइड–एंगल क्यामेरा र २ एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ र यसको सुपर नाइट मोडले प्रकाश र छायाको सन्तुलन मिलाएर जीवन्त तस्वीरहरु कैद गर्दछ । भी२३ई मा स्ट्यान्डर्ड स्टेबिलाइजेसन पनि छ जसले भिडियो सिर्जनाकर्ताहरू, भ्लगरहरूलाई हल्लिएको र ब्लरबाट मुक्त भिडियोहरू शूट गर्न अनुमति दिन्छ ।
आधुनिक दृष्टिकोणको लागि सर्वोत्कृष्ट डिजाइन
७.३९एमएम अल्ट्रा स्लिम बडी र मेटल फ्ल्याट फ्रेम डिजाइनमा सुसज्जित भी२३ फाइभजी विलासिताको प्रतीक हो । यसमा भएको फ्लोराइट एजी ग्लासले सूर्यको किरणमा रंग परिवर्तन गर्दछ जसले फोनलाई अझ बढि आकर्षक बनाएको छ ।
७.३६एमएम अल्ट्रा स्लिम एजी डिजाइनको साथ भी२३ई अझ पातलो र हल्का छ । उत्कृष्ट डिजाइन र स्लीक बिल्डको साथ भी२३ई फेसन पारखीहरूका लागि तिनीहरूको स्टाइलिश पोशाक र सुरुचिपूर्ण लुकलाई समादर गर्दछ । साथै, फोन चलाउँदा प्रयोगकर्ताहरुलाई निकै रेशमी स्पर्शको अनुभव प्रदान गर्छ । भी२३ई ले सदाबहार उत्कृष्ट डिजाइन र स्टाइलका साथ स्मार्टफोनबाट उपभोक्ताका अपेक्षाहरूलाई पुनः परिभाषित गरेको छ ।
प्रबल प्रभावको लागि शक्तिशाली प्रदर्शन
स्मार्टफोनको पर्फमेन्सले त्यसको क्षमताको बारेमा नयाँ निर्णय मेट्रिक्स प्रदान गर्दछ । भी२३ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९२० प्रोसेसर प्रयोग गरी उद्योगको अग्रणी कार्यसम्पादन प्रदान गर्न सबै प्यारामिटरहरूमा अगाडि छ, जसले प्रयोगकर्तालाई ९०हर्ज रिफ्रेस रेट डिस्प्ले प्रयोग गरी प्रिमियम अनुभव, छिटो एप इन्स्टल गर्न तथा प्रयोग र स्विचिङ गतिको अनुमति दिन्छ । दुवै भी२३ फाइभजी र भी२३ई मा भएको ८ जीबी र्याम र १२८ जीबी रोमले प्रशस्त स्टोरेज प्रदान गर्दछ, साथै ८ जीबी र्यामलाई १२ जीबी र्यामको अनुभव दिन एक्स्टेन्डेड र्याम २.० वा परिष्कृत स्टोरेजको मद्दतले विस्तार गर्न सकिन्छ ।
आफ्ना उपभोक्तालाई स्मार्टफोनमा अझ बढी काम गर्न तथा उच्च स्तरको अनुभव प्रदान गर्न भी२३ई मा ४४ वाटको फ्ल्याशचार्ज फिचर समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूको तीव्र चार्ज गरेर दैनिक आवश्यकताका लागि अविच्छिन्न प्रयोग सुनिश्चित गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी