नेपालमा उभौली उधौली पर्व र पशुपालन बीच अन्तरसम्बन्ध

नेपालमा उभौली उधौली पर्व र पशुपालन बीच अन्तरसम्बन्ध

  • सोमवार, जेष्ठ २, २०७९
  • बासुदेव नाथ

  • 35.1K
    SHARES

नेपालको हिमाली भेग वा उच्च पहाडमा बसोबास गर्ने आदिवासी जनजातिहरुको स्थायी र अस्थायी गरी दुई प्रकारको बास स्थान रहेको हुन्छ ।उच्च पहाड तथा हिमाली भेगमा (लेक) अस्थायी बसोबास हुन्छ भने बेंसीउपत्यकामा स्थायी बसोबास हुन्छ । स्थायी वा अस्थायी बसोबास भएपनि उनीहरु सिजन अनुसार बसोबास गर्दछन ।हिउद सिजनमा हिमाल वा उच्च पहाडी भेगमा हिउ पर्ने भएकोले  हिउदमा चिसोबाट बच्नको लागि गर्मी वा न्यानो ठाउँ तिर स्थानान्त्रण गर्दछन भने गर्मीमा गर्मीबाट बच्नको लागि सितल वा चिसो तिर स्थानान्त्रण गर्दछन । उनीहरुको स्थानान्त्रण पशुसंगै हुन्छ । सिजन अनुसार पशुसंगसंगै स्थानान्त्रण वा  बसाई सर्ने कार्यलाई ट्रांन्सह्युमन्स (Transhumance – Seasonal movement of people with livestock) भनिन्छ । घुम्ती पशुपालन फार्मिङ्गमा आधारित नियमित सिजनल रुपमा एक ठाउँबाट अर्को ठाउँमा सारिन्छ । हरेक वर्ष पशुहरुको बथान पशुहरुलाई चराउनको लागि चरन खर्कमा लग्ने गरिन्छ । यसरी सिजनल रुपमा मानिससंगै पशुहरुको ठाउँ सारिन्छ ।ठाउँ सारिसके पछि त्यहाँ खुशीयालीको रुपमा चाँड मनाईन्छ ।किराँत समुदायका जातिहरुले आफ्ना पशुवस्तुहरुलाई बेंसीबाट लेकमा लगिसकेपछि बैशाख पूर्णिमा देखि १ महिना सम्म भूमिको पूजा गरी साकेला नाच्दै उभौली पर्व मनाउछन् । उभौली हरेक वर्ष बुद्ध पूर्णीमा वा बैशाख पूर्णिमाका दिन मनाईन्छ भने अन्न बाली पाकिसकेपछि खुशीयाली मनाउदै मंसीर पूर्णिमा देखि १५ दिन उधौली पर्व मनाईन्छ ।

उभौलीमा हिउदमा लेकबाट बेंसीमा चिसोबाट बच्नको लागि तल आएका पशुहरुलाई गर्मी सुरु भएकोले गर्मी छल्नको लागि बेंसीबाट लेकमा पुर्‍याई सकेपछि खुशीयालीको रुपमा पर्व मनाईन्छ । यस सिजनमा लेकमा खेतीपाती लगाउने कार्यको सुरुवात गरिन्छ । त्यसै गरी उधौलीमा लेकमा सिचो सुरू भई कसेपछि पशुवस्तुहरुलाई चिसोबाट जोगाउनको लागि बेंसीमा सुरक्षित तवरले सफलाताका साथ झारी सकेपछि खुशीयाली मनाईन्छ । यस सिजनामा नयाँ अन्न देवीदेवतालाई चढाउने भएकोले न्वागी पर्वको रुपमा लिईन्छ ।

घुम्ति पशुपालनको माध्यमबाट पशुवस्तुहरुलाई एक चरन क्षेत्रबाट अर्को चरन क्षेत्रमा सार्ने भएकोले प्रयाप्त मात्रामा हरियो पोसिलो घाँस उपलब्ध हुन्छ । चरन क्षेत्रमा हुने अति चरिचरनलाई कम गरी वर्षभरी नै समान रुपमा आहारा उपलब्ध गराउन सकिन्छ । स्वच्छ पिउने पानीको उपलब्धता हुन्छ ।पशुहरु चरनमा चर्ने भएकोले उत्पादन लागत कम हुन्छ । उत्पादन लागत कम भयो भने मात्र बस्तुको बजार मुल्य कम हुन गई उपभोक्ताहरुले सस्तोमा बस्तु पाउन सक्दछन भने बिक्रेताले पनि उचित मुल्य पाउन सक्दछन ।  सिजन अनुसारको स्थानान्त्रण गरिने भएकोले हिउदमा चिसोबाट न्यानो र गर्मीमा सिजनमा गर्मीबाट सितल वा चिसो हावापानी उपलब्ध हुने स्थानमा सर्ने भएकोले स्वास्थ्यको लागि अनुकुल हुने हावापानी उपलब्ध गराईन्छ ।

उभौली पर्व लेकमा रहेको अत्यन्त महत्वका यार्सागुम्बा लगायतका जडीबुटीहरु संकलनको लागि तयारी पनि हो । खर्कमा जडीबुटी खेती प्रवर्द्धन गर्न सकेमा लेकाली बासिन्दाहरुको लागि दिगो आय आर्जन गर्नसकिन्छ । चरन खर्क सुधार गरी पशुपालनलाई आवश्यक पर्ने थप आहारा व्यवस्थापन गरी दिगो पशुपालन व्यवस्थापनमा टेवा पुग्न जानेछ।

उच्च पहाड वा हिमाली भेगमा भौतिक सुविधा (स्वच्छ पिउने पानी, विजुली बत्ती, अस्पताल, स्कुल) युक्त वासस्थान नहुनुले जनजीवन कष्टकर रहेकोले यस तर्फ स्थानीय, प्रदेश र संघीय सरकार गम्भीर हुनु जरुरी छ । नेपालको भौगोलिक विभाजन अनुसार तराई अन्नको भण्डार, पहाडमा फलफुल खेती र उच्च पहाड तथा हिमाली क्षेत्र पशुपालन तथा जडीबुटीको भण्डार भएकोले यसलाई उच्च प्राथमिकताका साथ हेर्नु अतिजरुरी छ । उच्चपहाड उच्च मूल्यका उपजहरुको खानी हो भन्ने कुरालाई हामीले हर हमेसा बिर्सिनु हुदैन किनभने दशैंमा च्याङ्ग्राको महत्व होस वा याक चौरी चिज नै किन नहोस वा हिमाली भेगमा दूध, मासु, ऊन. छाला उत्पादन तथा ढुवानीको साधनको रुपमायाक, चौरी, च्याङ्ग्रा, भेडा, घोडा नै प्रयोग हुने गरेको पाईन्छ ।

उधौली र उभौली पर्वको पशुपालन बीचको अन्तरसम्बन्ध नङ र मासुको झै अकाट्य रहेको छ । एउटा कुसल गोठालाले प्रतिकुल वातावरणबाट आफ्ना बथानको संरक्षण गर्नु सबैभन्दा महत्वपूर्ण भूमिका रहेको हुन्छ । पशुहरुको बथानमा हुने अनियन्त्रित प्रजननलाई रोक्नुको साथै पशु स्वास्थ्य तथा जैविक सुरक्षा व्यवस्थापनमा ध्यान पुर्‍याउन सकेमा पशुपालन व्यवसायबाट निकै फाइदा लिन सकिन्छ ।उधौली पर्व तथा शान्तिका दुत बुद्ध भगवानले हामी सबैलाई सदबुद्धि प्रदान गरुन ।

उभौली पर्व तथा २५६६औं बुद्ध जयन्तीको हार्दिक शुभकामना ! जय पशु धन !

 ( लेखक बासुदेव नाथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी