मतको महत्व, तस्बिरमा हेर्नुहोस्

मतको महत्व, तस्बिरमा हेर्नुहोस्

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

शुक्रवार देशैभर स्थानीय तह निर्वाचन अन्तरगत मतदान भयो । १४ जिल्लाका ४४ केन्द्रमा मतदान स्थगित हुँदा अन्य सबै स्थानीय तहको मतदान सफलतापूर्वक सकियो । उक्त निर्वाचनमा जेष्ठ नागरिक, फरक क्षमताका व्यक्ति, अपांगता भएका व्यात्तिहरुको पनि उत्साहजनक सहभागीता देखियो । आफै मतदान केन्द्रसम्म आएर मह हाल्न नसक्नेहरु अरुको सहारामा आएर समेत मत हालेर फर्किए ।

तस्बिरमा हेर्नुस:

धनुषाको बटेश्वर गाउँपालिका–१ श्री लक्ष्मी माध्यमिक विद्यालयको मतदान केन्द्रमा १०५ वर्षीय रामप्रसाद महतो शुक्रबार स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा ।इलामको सूर्योदय नगरपालिका-१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १ सय ११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारी मतदान गरेपछि थकाई मार्दै ।

पोखरा महानगरपालिका– ३३, भरतपोखरीमा अशक्त मतदातालाई मतदानका लागि मतदान केन्द्रमा लैजाँदै ।

भक्तपुर नगरपालिका– ९ च्याम्हसिंहमा मतदान गर्न ह्वीलचियरबाट आउँदै मतदाता ।

स्थानीय तहको निर्वाचन मतदान गरी ह्वीलचियरमा घर फर्किदै महिला ।

स्थानीय तह निर्वाचनका लागि शुक्रबार तनहुँको व्यास नगरपालिका ५ ठूलोटारस्थित उदय माध्यमिक विद्यालय मतदान केन्द्रमा अशक्त ज्येष्ठ नागरिकलाई बोकेर ल्याउँदै ।

पाल्पा रामपुरको दरैठाँटी मावि मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई बोकेर लैजाँदै ।

शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मपुरस्थित बैजनाथ आधारभूत विद्यालयमा स्थानीय तह निर्वाचनका लागि जेष्ठ नागरिकलाई मतदान गर्नका लागि मतदान केन्द्रतर्फ लैजाँदै आफन्त ।

बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा रहेको सनातन धर्म मावि मतदान केन्द्रमा मतदानका लागि जाँदै गरेको फरक क्षमता भएका व्यक्ति ।

पोखरा महानगरपालिका– १४, मझेरीपाटनस्थित रामेश्वरी माविमा स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्न वृद्धा अस्वस्थ महिलालाई बोकेर ल्याइँदै ।

सप्तरीको राजविराज नगरपालिका–५ स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान गरेर फर्किदै अपाङ्गता भएकी महिला । 

सप्तरीको राजविराज नगरपालिका–५ स्थित मतदानस्थलमा मतदान गरेर फर्कदै ज्येष्ठ नागरिक जगदीश साफी ।

काठमाडौँ महानगरपालिकाको हनुमाढोका मतदान केन्द्रमा मतदान गर्दै ज्येष्ठ नागरिक ।

स्याङजाको फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माविमा मतदान गर्दै ज्येष्ठ नागरिक ।

रुपन्देहीको तिलोत्तमा–८ मा रहेको मतदानस्थलमा पुग्नुभएका ज्येष्ठ नागरिक । 

जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ ।मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए ।

रसुवामा बृद्धबृद्धा, अशक्त, अपांगता लगायतका नागरिकहरुको पनि उत्साहजनक रुपमा मतदानमा सहभागी भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी