संसारमा अनौठा घटनाहरु हुने गर्दछन् । बेल्जियममा अनौठो विभत्स घटना सार्वजनिक भएको छ । एक बिद्यार्थीले ३० वर्ष अघि कक्षामा शिक्षिकाले गाली गरेर अपमानित गरेको भन्दै बदलामा १०१ पटक चक्कु हानेर बर्बर हत्या गरेको खुलेको छ ।
समाचारहरुका अनुसार ब्रसेल्समा १६ महिना अघि गुंटर युभेन्टस् नामका युवाले मारिया वेरलिंडन नामकी आफ्नै शिक्षिकालाई हत्या गरेका हुन् ।
प्रहरीले १६ महिनाको अनुसन्धान र डिएनए परीक्षणपछि उक्त घटनाको निष्कर्षमा पुगेको हो ।
ती शिक्षिका मारिया अहिले ५९ वर्षकी थिईन् । मारियाको सन् २०२० मा हत्या हुँदा उनको छेउमा पैसा भरिएको पर्स थियो तर त्यसलाई आरोपीले छुएका थिएनन् ।
आरोपीले प्रहरीमा घटना स्वीकारेका छन् । शिक्षिकाका छिमेकीले उनी एकदम धार्मिक र सहयोगी भएको भन्दै यस्तो घटनाप्रति चिन्ता जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline