माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्य चौकीलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्य चौकीलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

  • शनिबार, फाल्गुन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

फागुण २८ काठमाण्डौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा आज शनिवार त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकिमा आयोजित विशेष कार्यक्रममा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एवं उदयपुर सिमेन्ट उद्योग लि. का महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको समुपस्थितीमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त सामाग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।

बैंकले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले देउरी स्वास्थ्य चौकीलाइ ल्याब इक्विपमेन्ट हस्तान्तरण गरेको हो ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको छ । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०१ एटिएम मार्फत १० लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी