एजेन्सी फागुण २१ । संसारमा अनौठो घटना र प्रवृतिहरु देखिन्छन् नै । समाजमा धेरै जसोको बिबाह औसत पुरुषको उमेर केही वर्षमाथि र महिलाको केही कम भएको देखिन्छ । आशिंक रुपमा बराबरी जस्तो र केही चाँही महिलाहरु बढी उमेरकासँग पनि बिहे भएको देखिन्छ ।
तर अमेरीकामा रहने एक जोडीको बैबाहिक जीवन अनौठो देखिन्छ । जहाँ ७१ वर्षकी महिलाले १७ वर्ष उमेरका युवासँग बिबाह गरेकी छन् । यो उमेरको अन्तर ५३ वर्ष हुन्छ । अर्थात आधा शताव्दी भन्दा बढी । अल्मेडा नामकी ती वृद्ध महिलाको १७ वर्षे ग्यारीसँग बिबाह भएको पनि सात वर्ष वितेको खुलेको छ । अहिले उनीहरुको उमेर अलमेडाको ७७ र ग्यारीको २४ भएको छ ।
द मिररको रिपोर्ट अनुसार अल्मेडाको छोराको मृत्यु भएका बेला सन् २०१५ मा अन्तिम संस्कारका बेला ग्यारीसँग उनको भेट भयो । त्यसपछि कुराकानी शुरु भयो । त्यसको १५ दिन भित्रै उनीहरुले बिबाह गरे ।
त्यसपछि उनका धेरै नातेदार र समर्थकहरुले यो सम्बन्ध मन नपराएपछि उनीहरुसँगै सम्बन्ध तोडेर उनीहरु बस्दै आएका छन् । गत अक्टुबरमा उनीहरुले ६ औँ वैवाहिक बर्षगाँठ पनि मनाएका छन् ।
विवाह पछि दुबै जना खुसी छन् । ग्यारी भन्छन् उनी मेरी जीवनसाथी हुन् हाम्रो राम्रो केमेस्ट्री मिलेको छ । अलमेडा भन्छिन्, हामी खुसी छौँ , हामीले जीवनमा त्यो काम गर्नु पर्छ , जसले हामीलाई खुसी राख्न सक्छ ।