सामाजिक सञ्जालमा भिडियोबाटै सात वर्षे रुसी बालिकाले कमाईन अर्बौ पैसा !

सामाजिक सञ्जालमा भिडियोबाटै सात वर्षे रुसी बालिकाले कमाईन अर्बौ पैसा !

  • बुधबार, माघ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

ईन्टरनेटमा सनसनी मच्चाउन सफल रुसकी एक सात वर्षे बालिकाले प्रति महिना डेढ करोड भन्दा बढी रकम कमाउन थालेकी छन् । सञ्चार माध्यमहरुका अनुसार उनले हाल सम्म करीब २ अर्ब नेपाली रुपैँया बराबरको कमाई गरीसकेकी छन् ।
सात वर्षे बालिका अनास्तासिया रेडजिन्सकाया नामकी यी बालिकाले विश्वभरमै युट्युबको सबै भन्दा धेरै क्रियटर्स मध्य एक बनेकी छन् ।
उनले आफ्नो परिवारको लक्जरियस होलिडे लाईफमा आधारीत कन्टेन्ट बनाएर युट्युबमा हाल्ने गरेको डेली स्टारको रिपोर्टमा उल्लेख छ । उनले ईन्सटाग्राममा पनि बच्चाहरुको पौष्टिक खानेकुरा, जेट यात्रा जस्ता कुराहरु पोष्ट गर्छिन् । यीनै सामाजिक सञ्जालहरुबाट उनले मोटो रकम कमाउन सफल भएकी हुन् ।
सन् २०१४ मा जन्मिएकी उनका आमा बुवाले उनको स्वास्थ्य समस्याका कारण आफ्नो रोजगारी छाडेर छोरीका लागि युट्युब च्यानल लाईक नास्ताया शुरु गरिदिएका थिए । जो अहिले करोडौँ कमाईको माध्यम बन्न पुगेको छ ।
अनास्तासियाले चार वर्ष अघि हालेको भिडियोको एउटा कन्टेन्ट ९० करोड बढीले हेरेका छन् ।
८६ मिलियन सब्सक्राईबर रहेको उनको च्यानलमा हाल सम्म ६९०० भ्युज पुगिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी