खैनीसुर्ती मात्रै छाड्ने हो भने एक तिहाई क्यान्सर कम हुन्छः डा. बिजेश राज घिमिरे, मेडिकल डाईरेक्टर तथा वरिष्ठ क्यान्सर रोग बिशेषज्ञ

खैनीसुर्ती मात्रै छाड्ने हो भने एक तिहाई क्यान्सर कम हुन्छः डा. बिजेश राज घिमिरे, मेडिकल डाईरेक्टर तथा वरिष्ठ क्यान्सर रोग बिशेषज्ञ

  • शुक्रबार, माघ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

आज विश्व क्यान्सर रोग दिवस संसारभर मनाईदैछ । अहिले क्यान्सरका कारण वर्षेनी विश्वभर ८० लाख भन्दा बढी मानिसको ज्यान भईरहेको छ । यो प्राणघातक रोग विश्वभरको ठूलो स्वास्थ्य चुनौतीको रुपमा छ । नेपालमा पनि यसले वर्षेनी ठूलो संक्रमण बढाँउदै लगेको छ र मृत्युदर पनि बढीरहेको छ । यो स्थितिमा विश्व क्यान्सर दिवस मनाईदै गर्दा नेपालमा क्यान्स्र रोगको स्थिति, यसको रोकथाम र उपचारका समस्या र संभावना एवं नेपाल क्यान्सर अस्पतालको उपचार सेवा कस्तो छ भन्ने विषयमा केन्द्रीत रहेर मिर्मिरेले नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टर प्रा.लि.का मेडिकल डाईरेक्टर एवं वरिष्ठ क्यान्सर रोग विषेशज्ञ डा. बिजेश राज घिमिरेसँग गरेको कुराकानी :

क्यान्सर जस्तो प्राणघातक रोगले ठूलो चुनौती पैदा भएको छ , नेपालमा अहिले यसको स्थिति के छ ?
संसारमै क्यान्सर द्रुत गतिमा बढीरहेको छ । अहिले क्यान्सरबाट मृत्यु हुनेको संख्या हृदयघात जस्ता अरु रोग भन्दा एक नम्बरमा पुगिसकेको छ । नेपालमा पनि स्थिति त्यस्तै छ । नेपालमा कति क्यान्सरको समस्या छ भनेर एकीन तथ्याङक छ । तर जुन परीक्षणहरु भईरहेको छ त्यसबाट भयावह स्थिति नै देखिन्छ ।

नेपालमा क्यान्सरलाई एकै प्रकारले मानिसहरुलाई बुझ्दछन् , नेपालमा कुन चाँही प्रकृतिको समस्या बढी छ ?
हाम्रोमा नराम्रो कुरा के हो भने दुई तिहाई बिरामी तेस्रो या चौथो चरणमा मात्रै आईरहनु भएको छ उपचारका लागि । शुरुकै चरणमा उपचार थाल्ने हो भने निर्मुल पार्न सकिन्छ । अन्तिम स्टेजमा आईसकेपछि यसले ज्यानै लिने स्थिति बढी हुन्छ । शुरुमै उपचार गरे क्यान्सरबाट डराउनु पर्दैन ।

मलाई क्यान्सर छ कि भनेर मान्छेहरुले आफैले लक्षणबाट कसरी अनुमान गर्ने ?
यसमा सबै भन्दा पहिले कुनै लक्षण नदेखिए पनि ४० वर्ष पछि नियमित श्वास्थ्य परीक्षण गर्ने बानी बसाउनु पर्छ । महिलाहरुले स्तन तथा पाठेघरको, धुम्रपान गर्ने मान्छेहरुको फोक्सोको आन्द्राको नियमित परीक्षण गराउनु पर्दछ । क्यान्सरको शुरुमा नर्मल रोगको लक्षण जस्तै नै हुन्छ । कुनै पनि रोगको लक्षण लामो समय देखा परीरह्यो भने परीक्षण गरी हाल्नु पर्दछ । त्यसो भयो भने शुरुमै उपचार गर्दा यो राम्रो हुन्छ ।

क्यान्सर बढ्नुको मुख्य कारण के छ ?
क्यान्सर बढ्ने विभिन्न तत्वहरु हुन्छ । तर सबै कुरा पत्ता लगाउन सकिदैन । संसारमा सुर्तीजन्य पदार्थ मात्रै नहुने हो भने पनि एक तिहाई क्यान्सर कम हुन्छ भन्ने अनुमान गरिएको छ । त्यसै गरी मदिरापान, प्रदुषण, तौल, दिनचर्या जति हामी क्रित्रिमता अपनाउदै जान्छौ यी सबै फ्याक्टरले काम गरीरहेको हुन्छ । यसको उपाय भनेको आफू चनाखो हुने नै नियन्त्रण र निर्मुलीकरणको एक उपाय हो ।

क्यान्सर वंशाणुगत समस्याको रुपमा पनि देखिन्छ नि ?
करीब १० प्रतिशत सम्म क्यान्सर बंशाणुगत हुन्छ । स्तनको क्यान्सर, आन्द्राको क्यान्सर जस्ता केही वंशाणुगत हुन्छ । जीवनशैलीसँग ३०–४० प्रतिशत हुन्छ भने जन्मजातै पनि खराबीहरुसँग यो आएको हुन्छ । र मुख्यगरी सुर्तीजन्य चीजहरु मुख्य कारण देखिन्छ ।

क्यान्सर परीक्षण गर्दा गर्दै पनि एक दमै ढिलो पत्ता लाग्यो भन्ने गुनासो आईरहेको हुन्छ नि ?
नेपालमा टिभीको समस्या धेरै छ । ग्यास्ट्रीकको समस्या धेरै छ । त्यसैले चिकित्सकहरुले पनि त्यही फेजबाट काम गर्ने हुनाले ढिला पत्ता लाग्ने गरेको देखिन्छ । हामी क्यान्सरमै काम गरीरहेकाहरुले चाँही छिटो परीक्षणमा जोड दिएका हुन्छौँ । यी विभिन्न कारणले ढिलो भएको देखिन्छ ।

क्यान्सर निवारणमा देखिएका जटिलता के के छन् ? कतिको उपचार प्रभावकारी छ नेपालमा ?
यसको उपचार अलि जटिल छ । खर्चिलो पनि छ । किमो थेरापी, सर्जरी जस्ता सबै यसैमा बिशेषज्ञ भएकाहरुको जनशक्ति चाहिन्छ । केही वर्ष अघि र अहिले धेरै परिवर्तन आईसकेको छ । डाक्टरको पढाई शुरु पनि भएको छ । अझै पनि शहरमा भए पनि गाँउ गाँउमा क्यान्सरको उपचार गर्न सक्ने स्थिति बनिसकेको छैन । अहिले केही विकास हुँदै गईरहेको छ । तर पर्याप्त छैन नेपालमा । कसैले पनि उपचार नपाएर मर्न नपरोस भनेर विश्व क्यान्सर दिवसको नारै पनि छ । प्रयास भईरहेको छ पर्याप्त छैन ।

क्यान्सर निवारणमा नेपाल क्यान्सर अस्पतालको अवस्था र उपचार क्षमताको स्थिति के छ ?

हामीले सात वर्षदेखि काम गरीरहेका छौँ । हामीले नेपालमा सबै खालका क्यान्सरको उपचार गरीरहेका छौँ । हामीले क्यान्सरको उपचारका लागि विदेश जानु पर्ने स्थितिको अन्त्य भएको छ । यहाँ अन्तराष्ट्रिय स्थितिको उपचार प्रणाली र सेवा छ । उपचार, डाईग्नोस्टिक, थेरापी सबै गुणस्तरीय छ । हाम्रो अहिले पूर्ण क्षमतामा अस्पताल चलिरहेको छ । तर यो एउटा अस्पतालले पनि पुग्दैछ ।
हाम्रो अस्पतालमा समेत उपचारका लागि वेड नै पाउन पनि मुस्किल भईरहेको छ । दिन दिनै क्यान्सरका रोगीहरु बढीरहेका कारण पनि चापमा छौँ । अब सबै किसिमका क्यान्सरको उपचार नेपाल क्यान्सर एण्ड रिसर्च सेन्टरमा हुन्छ । जस्तो सुकै क्यान्सरका विरामीहरु विदेश जानु भन्दा यहीँ आउदा राम्रो हुन्छ ।
अहिले हामीले अरु बेला उपत्यका बाहिर शिबिरहरु गर्ने गरेका थियौँ । हामी जुमबाट यस सम्बन्धि सचेतना जस्ता विभिन्न कामहरु गरीरहेका छौँ ।

क्यान्सरको निर्मुलीकरणका लागि विश्वव्यापी रुपमा भईरहेका मेडिकल प्रयास कुन चरणमा पुगेको छ ?
संसारमा अहिले सबै भन्दा धेरै रिसर्च क्यान्सरमै केन्द्रीत भएर भईरहेको छ । नयाँ औषधी, थेरापी जस्ता विधिहरु विकास भईरहेको छ । त्यसैले क्यान्सर ज्यानै लिन सक्ने भन्दा पनि दीर्घकालीन रोगका रुपमा लिन थालिसकेको छ । तर हाम्रो देशमा मान्छेहरु अन्तिम स्टेजतिर आउने गरेका कारण मात्रै प्राणघातक बढी हुने गरेको छ ।

नेपालमा गरीबहरुले उपचार गर्न महंगो भएका कारण कठिनाई व्यहोर्नु परेको छ , नेपाल क्यान्सर अस्पतालले थप सहुलियत या सुविधा केही छ ?

कुनै पनि विरामी अस्पतालमा आँउछ भने उसले पाउने सुविधा पावस भनेर काम गर्ने कोशिस गरीरहेका छौँ । सरकारले दिने एक लाख रुपैयाको पनि व्यवस्था छ । स्थानीय तहहरुले ५० हजार सम्म दिईरहेका छौँ । विभिन्न प्रयास गरेर च्यारीटीहरुबाट पनि उपचारका लागि सहयोग गर्ने, निशुल्क शैयाहरुको निर्माण गरेर पनि काम गरेका छौँ । तर यो उपचार विधि महंगो भएकाले यसमा सरकारले नै कर घटाएर या विभिन्न तरीकाबाट सहुलियत दिने व्यवस्था गर्दा राम्रो हुन्छ ।
तर पनि खास गरी भारत जानु पर्ने महंगो शुल्क पनि तिर्नु पर्ने, आवत जावत खर्च आदिमा लाग्ने शुल्क भन्दा नेपालमै सहज हुन्छ ।

क्यान्सर नलागोस् भनेर सचेत हुन मानिसहरुले के -के कुरामा ध्यान दिनु पर्ला ?
सुर्तिजन्य पदार्थ, मदिरा, अखाद्य बस्तु, प्रदुषण जस्ता चीजहरुबाट जोगिनु पर्यो । आफूमा देखिने लक्षणहरु जो क्रमिक रुपमा देखा परीरहेका छन्, परिवर्तन आएका छन् भने त्यसलाई नलुकाई परीक्षण गराई हाल्नु पर्यो । वंशाणुगत हुन सक्ने भएकाले परिवारमा कसैलाई भएको थियो भने आफ्नो पनि परीक्षण गर्ने गर्नु राम्रो हुन्छ । अर्को लागि सकेको छ भने पनि शुरुमै उपचार गरेर, परामर्श गरेर जानु पर्छ डराउनु पर्दैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी