सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह !

सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह !

  • शुक्रबार, पुस १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

नयाँ दिल्ली, १६ पुस । एउटा अनौठो र अप्रत्यासित घटनामा उत्तर प्रदेशका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हाे ।

सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई राज्य सरकारले ३५ हजार रकम र घरपरिवारका अन्य उपहार प्रदान गर्छ ।
कार्यक्रमअन्तर्गत सरकारले २० हजार भारु बेहुलाको बैंक अकाउन्टमा डिपोजिट गरिदिन्छ र १० हजार भारुबराबरको उपहार दिइन्छ ।

सो विवाह ११ डिसेम्बरमा फिरोजबादको टुंड्ला गाउँमा भएको थियो । केही दिनपछि गाउँलेले विवाह गर्ने जोडी सहोदर दाजु र बहिनी भएको पत्ता लगाएका थिए ।

एउटा सरकारी कार्यलयको परिसरमा आयोजना गरिएको सो विवाहमा ५१ जोडी बन्धनमा बाँधिएका थिए । गैरकानुनी ढंगले अनुचित लाभ लिने उदेश्यले विवाह गर्ने जोडीविरुद्ध मुद्दा दायर भएको छ । यसैबीच बेहुला बन्ने व्यक्तिको आधार कार्डबारे छानविन सुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी