चिकित्सा क्षेत्रमा दुर्लभ घटनाः क्यानडाकी महिलाको कलेजोमा भ्रुण

चिकित्सा क्षेत्रमा दुर्लभ घटनाः क्यानडाकी महिलाको कलेजोमा भ्रुण

  • बुधबार, पुस ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

ओटाबा, ७ पुस । क्यानडामा एक महिलाको कलेजोमा भ्रुण विकसित भएको पाइएको छ । क्यानडाकी ३३ वर्षीया एक युवतीको कलेजोमा देखिएको भ्रुणलाई चिकित्सा क्षेत्रमा निकै दुर्लभ भएको चिकित्सकहरुले बताएका छन् ।

विरामीको यस अस्वाभाविक अवस्थालाई उनको उपचारमा संलग्न एक चिकित्सकले भिडियोमार्फत खुलासा गरेका हुन् । क्यानडास्थित हस्पिटल रिसर्च इन्स्टिच्युट अफ मनिटोबाका बालरोग विशेषज्ञ डा। मिसेल नार्भेले महिलाको कलेजोमा भ्रुण देखिएको बताए । उनले भने, ‘महिलामा लगातार १४ दिनसम्म रजस्वला भएको गुनासो गर्दै परीक्षणका लागि अस्पताल आएकी थिइन् ।’

परीक्षणका क्रममा चिकित्सकले महिलाको अस्वभाविक स्थानमा गर्भ रहेको पाएका थिए । निषेचित अन्डा गर्भाशयको छिद्रामा पुग्नुको सट्टा शरीरको अन्य भागमा पुग्नुलाई अस्वभाविक गर्भ ९एक्टोपिक प्रिगनेन्सी० भनिन्छ ।

नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसनका अनुसार कलेजोमा हुने एक्टोपिक प्रिगनेन्सी चिकित्सा क्षेत्रमा दुर्लभ भन्दा पनि दुर्लभ घटना हो ।

भिडियोमा डा। नार्भेले अगाडि भनेका छन् ‘यसअघि कहिलेकाही हामीले पेटभित्र अस्वभाविक गर्भधारण देखेका थियौं । कलेजोमा पहिलो पटक देखिएको हो ।’
चिकित्सकहरुले सो भ्रुणको शल्यक्रिया गरेर महिलाको जीवन जोगाएको क्यानडाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी