खोपप्रति भारतीयको त्रासः कोही रुखमा चढ्छन, कसैले स्वास्थ्यकर्मी देखे चुकुल लगाउँछन्

खोपप्रति भारतीयको त्रासः कोही रुखमा चढ्छन, कसैले स्वास्थ्यकर्मी देखे चुकुल लगाउँछन्

  • आइतवार, मंसिर २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

नयाँ दिल्ली, २६ मंसिर । भारतमा खोप बोकेर स्वास्थ्य कार्यकर्ता घरघरमा पुग्दा सर्वसाधरण भने भाग्न थालेका छन् । यही डिसेम्बरभित्र सबैलाई कोभिड खोप लगाउने लक्ष्यसहित सरकारले तेलंगना राज्यमा सर्वसाधारणको घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । तर, कतिपय व्यक्ति भने खोप लगाउन अनिच्छा मात्र देखाएका छैनन्, स्वास्थ्यकर्मी देखेपछि अस्वभाविक व्यवहार देखाउन थालेका छन् । स्वास्थ्यकर्मी देखेपछि कसैले ढोका लगाएर लुक्न थालेका छन् भने कोही रुखको टुप्पोमा पुगेर खोपबाट ‘बच्न’ खोजेका छन् ।

राज्यको सांगारडे जिल्लामा कोभिड खोपबाट जोगिन एक व्यक्ति रुखको टुप्पोमा चढेका छन् । स्वास्थ्यकर्मीको टोली घरमा आएपछि जिल्लाको रेजिन्थाल गाउँका घोउसुद्दिन घरनजिकैको रुखमा चढेका हुन् ।

बाबु सर्दार अली र परिवारका अन्य सदस्यले खोप लगाउन कर गरे पनि ३३ वर्षीय घोउसुद्दिनले खोप लगाउन इन्कार गरेका थिए । स्थानीयले खोप लगाउन दबाब दिएपछि उनी आत्तिदै रुख चढेका थिए । साक्षीका अनुसार उनी एक घन्टासम्म रुखमा बसेका थिए र स्वास्थ्य कार्यकर्ता बाटो लागेपछि झरेका थिए ।

त्यस्तै, अर्को एक घटनामा सांगारडे जिल्लाको अर्को एउटा क्षेत्रमा मानिसहरुको एउटा समूहले खोप लगाउन अस्वीकार गरेको छ । घरमा कोभिड खोप लिएर गएका स्वास्थ्य कर्मचारीलाई सर्वसाधारणले कुट्ने प्रयाससमेत गरेका छन् । केही व्यक्ति स्वास्थ्य कर्मचारी देखेपछि ढोका लगाएर भित्र बसेको र कर्मचारी गएपछि बाहिर निस्किएको प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी सोही जिल्लाको नाल्साबागडा क्षेत्रमा स्थानीय र स्वास्थ्यकर्मीबीच झडप भएको छ । स्वास्थ्यकर्मीले खोप लगाउन गरेको आग्रह स्थानीयले अस्वीकार गरेपछि सामान्य विवादपछि हात हालाहाल भएको थियो । सरकारले तेलंगनामा सवै सर्वसाधरणलाई खोप अनिवार्य गरेको छ ।

यसैबीच, खोप लिएर सर्वसाधारणको घरमा पुगेका कर्मचारीलाई हातपात गर्ने व्यक्तिलाई मुद्दा चलाउन स्थानीय सरकारले प्रहरी प्रशासनलाई आदेश दिएको छ ।

भारतमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । खोप अभियानलाई तीव्रता दिएसँगै संक्रमितको संख्या पनि घटेको स्वास्थ्य विज्ञहरुले दाबी गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी