पेरुमा घरपालुवा कुकुर फ्याउरोमा परिणत भएपछि…..

पेरुमा घरपालुवा कुकुर फ्याउरोमा परिणत भएपछि…..

  • बुधबार, कार्तिक २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

एजेन्सी, २४ कार्तिक । पेरुमा एउटा घरपालुवा कुकुर फ्याउरोमा परिणत भएको छ । किनेको केहि महिनाको अन्तरालमै सो कुकुर फ्याउरोमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी लिमास्थित सानो पसलबाट एक व्यक्तिले १३ अमेरिकी डलरमा किनेर लगेको कुकुरको छाउरो करिब चार महिनापछि फ्याउरोमा परिण भएके हो ।

हस्की जातको कुकुर भनेर किनेका उनले कुकुरको नाम ‘रन रन’ नाम राखेका थिए । तर सो कुकुरले केहि समयपछि जंगली जनावरको सिकार थालेको भन्दै गाउँले र सम्बन्धित निकायका मानिसले उजुरी गर्न थालेपछि सो कुकुर फ्याउरो भएको पुष्टि भएको हो । फ्याउरोमा परिणत भएको सो कुकुर जंगली जनावर भएको पेरुको राष्ट्रिय वन तथा वन्यजन्तु विभागले बताएको छ।

विभागका अनुसार तस्करहरुले अमेजोनियन क्षेत्रबाट अवैध रुपमा जंगली जनावर ल्याउने गरेको र राजधानी लिमालगायत शहरी क्षेत्रमा बेचविखन गर्ने गरेको पाइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी