यी हुन् विश्वकै अग्ली महिला

यी हुन् विश्वकै अग्ली महिला

  • बिहिबार, कार्तिक ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

अंकारा, ४ असोज । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ । गिनिज वल्र्ड रेकर्डले यसै साता उनलाई विश्वकै जीवित अग्लो महिलाको मान्यता दिएको हो ।

उनी जन्मदै विभर सिन्ड्रोम नामक एउटा दुर्लभ वंशानुगत समस्याबाट पीडित थिइन् । विज्ञहरुका अनुसार यस्तो समस्याबाट पीडित व्यक्तिको अस्वभाविक उचाई बढ्छ । ‘रुमेसालाई विश्वकै अग्लो महिला घोषणा गर्न पाउँदा हामी अत्यधिक खुसी छौं,’ गिनिज वल्ड रेकर्डले एउटा प्रेस बिज्ञप्तिमा भनेको छ ।

वाकिङ फ्रेमको सहायतामा हिड्ने रुमसेलले भनिन्, ‘भिन्नु हुनु अरु व्यक्तिले सोचेजस्तो खराबी होइन । यसले तपाईलाई अप्रत्यासित सफलता दिन्छ ।’ ‘विभर सिन्ड्रोमका विरामीबारे सचेता बृद्धि गर्न मैले सहयोग गर्नेछु भन्ने मलाई विश्वास छ । ’ विश्वकै अग्लो महिलाको उपाधिबाट सम्मानित भएपछि रुमसेलाले भनिन् ।

उनी ह्वीलचेयरको सहायतामा मात्र हिडडुल गर्न सक्छिन् । विश्वकै अग्ला पुरुष टर्कीकै सुल्तान खोसान हुन् । उनको उचाई ८ फिट २ दशमलब ८ इन्च छ । रुमेसाको यो दोस्रो विश्व रेकर्ड हो । सन् २०१४ मा १८ वर्षको उमेर उनी विश्वकै अग्लो किशोरी बनेकी थिइन् । यसअघि अमेरिकाकी सान्ड्रा एनेन विश्वकै अग्ली महिला बनेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी