काठमाडौं, २५ असोज। हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मञ्जु पोखरेलसँग सोमबार बिहे गरेका हुन् ।
पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । मनोजको यो दोस्रो बिहे हो । उनको चार वर्षअघि मिना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो ।
कलाकार गजुरेल र पोखरेलले भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा बिहे गरेका हुन् । मन्दिरमा बिहे गरेपछि कौशलटारस्थित मानव सेवाआश्रममा रहेका वृद्धवृद्धालाई उनीहरूले खाना खुवाएका थिए ।
गजुरेलले आफ्नो बिहेका विषयमा नकारात्मक कमेन्ट नगरिदिन आग्रह गरेका छन् । आफ्ना सन्तानको सहमति र सुझावका आधारमा दोस्रो बिहे गरेको उनले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline