एउटा गुलियो विरुवाको मिठो कथा !

एउटा गुलियो विरुवाको मिठो कथा !

  • शनिबार, जेष्ठ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 42.5K
    SHARES

स्टेभिया बाह्रमासे बोट जस्तै सानो झाडी हो जुन सूर्यमूखी(एस्टेरासी) परिवार प्रजातीमा पर्दछ । स्टेभियाका पातहरुमा प्राकृतिक शून्य क्यालोरी मिठाईको स्रोत हुन्छन जुन चिनी (सुक्रोज) भन्दा पनि मिठो मानिन्छ र यो एक चिनीको विकल्पको रुपमा प्रयोग गरिदैं आएको छ । त्यसैगरी, शताब्दी आँै देखि यसलाई विश्वभर उचारका लागि प्रयोगमा पनि आइरहेको हो
स्टेभिया जसलाई नेपालीमा चिनी विरुवा अथवा चिनी झार भनेर चिनिन्छ । पहिलोपटक अमेरिका र ब्राजिलमा भेटिएको चिनी विरुवा स्टेभिया नेपालमा भने डाक्टर परशुराम पोख्रेलले भित्राएका हुन । सन २००४ देखि नेपालमा यसको खेती हुँदै आएको छ । स्टेभियामा चिनीमा भन्दा ३०० सय गुणा बढी
गुलियोपना (स्टेभिया साइट ) हुन्छ । कोलेष्ट्रोल रहित भएको कारण मधुमेहका बिरामीले समेत यसलाई चिनीको विकल्पको रुपमा प्रयोग गर्न सक्छन् । अत्याधिक गुलियोपना हुने स्टेभियालाइ संसारभर चिनीको विकल्पको रुपमा हेरिएको छ । स्टेभियामा हुने खनिज र भिटामिनले यसलाई पौष्टिक र औषधीय गुणयुक्त बनाएको छ । यसलाई चिनी प्रयोग गरेर बनाइने खाद्य पदार्थ र पेय पदार्थमा समेत चिनीको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । जडिबुटी जन्य गुण भएको यसलाई धुलो बनाएर लामो समयसम्म उपयोग गर्न सक्नुका साथै बेकरी र खानामा समेत यसलाई प्रयोग गर्न थालिएको छ । नेपालमा चिनीको माग अनुसारको आपूर्ति गर्ने हो भने १ लाख हेक्टर जमिनमा उखु खेती गर्नुपर्ने देखिन्छ । तर १ हजार ५ हेक्टर जमिनमा स्टेभियाको खेती गर्ने हो भने उक्त माग पूरा हुन्छ । यसर्थ पनि यो चिनीको उत्तम विकल्प हो । १५ सय मिटरभन्दा कम उचाइ भएको जमिनमा यसको खेती गर्न सकिन्छ । एक हेक्टर जमिनमा २० हजार स्टेभियाको विरुवा लगाउन सकिन्छ भने यसलाई स्प्रिङ्कल सिँचाइ ९पाइपको फोहोराले विरुवा माथि गरिने सिँचाइ ० आवश्यक पर्छ । नेपालमा प्रति हेक्टर अधिकतम ९०० केजी उत्पादन भएको छ भने यसको प्रति केजी मुल्य २८० रुपैयाँ रहेको छ । डेढ बिगाहा जमिनमा स्टेभियाको खेती गर्न ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने पहिलो वर्षमै करिब २१ लाखसम्म कमाउन सकिने विज्ञहरू बताउँछन् ।

स्टेभियाको खाँदा मानव शरिरमा हुने फाइदाहरु अध्ययनहरुले देखाए अनुसार स्टेभिया मानव शरिरका लागि बहुउपयोगी छ । यसले धेरै रोगहरुलाइ निको बनाउने देखि रोग प्रतिरोधात्मक शक्ति बढाउने सम्मको काम गर्छ । यसमा हुने एन्टी ब्याक्टेरियल र एन्टी हाइपरटेन्सिप गुणहरुले गर्दा उच्च रक्तचाप भएको बिरामीहरुलाइ समेत यसको सेवानले फाइदा पुग्छ । मधुमेह , दिर्घ थकान , अपच हुने , पेट दुखाइ, कपाल झर्ने, हड्डी दुख्ने र छालामा घाउ आउने जस्ता समस्याहरुको समाधान गर्न पनि स्टेभिया उपयोगी हुन्छ । थकाइ लाग्ने र कमजोर महसुस हुने जस्ता समस्या भएकाहरुको लागि पनि यो धेरै उपयोगी छ । मोटो पनाले हैरान भएकाहरुलाइ समेत यो उपयोगी छ । यसलाई नियमितरुपमा पानीमा मिसाएर खाने हो भने शरिरको तौललाइ सन्तुलनमा राख्न सकिन्छ । उच्च रक्तचापका बिरामीले दिनमा दुई पटकपटक स्टेभियालाइ तातोपानीमा हालेर खाने हो भने उच्च रक्तचापको समस्या समाधान हुन्छ । यस्तै यसलाई नियमितरूपमा स्याम्पुसँगै प्रयोग गर्ने हो भने कपाल झर्ने र टुक्रिने समस्या समेत समाधान हुन्छ ।
शुरुमा स्टेभियाका पातहरु ताजा वा सुकाएर प्रयोग गरिन्थ्यो तर अन्तत ः रसायनविदहरुले स्टिभिया साइड र ग्लाइकोसाइडहरुलाई अलग गरेर प्रयोग गरे जसले स्टेभियालाई अझ मिठो स्वाद दिन्थ्यो ।स्टेभियामा फाइटोन्यूटिएन्टस, टे«स एलिमेन्ट, खनिज, भिटामिन र अस्थिर तेल हुन्छ जसले स्टेभियालाई यसको पौष्टिक र औषधिय गुणहरु दिन्छ । सन् २००८मा एफ.डि.ए (फूड एण्ड ड्रग एडमिनिस्टे«शन ) ले स्टेभिया जडिबुटीबाट पाइने स्वीटनरलाई खादय वा पेय पदार्थहरुमा प्रयोग गर्न सुरक्षित छ भनि अनुमति दिएको थियो । आजकाल स्टेभियोल्य ग्लाइकोसाइड जडिबुटीका लागि, खादय पदार्थ, पेय मात्रा पनि बेकिंग र खाना पकाउन प्रयोग गर्दानै काफी हुन्छ ।


स्टेभियाका फाइदाहरु
ड्ड विभिन्न अध्ययन अनुसार स्टेभिया धेरैं स्वास्थ उपचारका लागि लाभदायक हुन सक्छ ।
ड्ड स्टेभियामा एन्टी ब्याकटेरियल, एन्टी — सेट्टिक, एन्टी — माइक्रोबियल एन्टी—अक्सीडन्ट, एन्टी ग्लाइसेमिक र एन्टी —हाइपरटेसिफ गुनहरु हुन्छन जसले उच्च रक्तचाप, मधुमेह, अीर्घ थकान अपच, पेट दुखाई, हृदर्यघात, वजन घटाउन, रुघा —खोकि र फल्लू, जिंगीभाइटिस, दाँतको सकस्या, डैन्डफ र कपाल झर्ने, ओस्टियोपोरेसिस स्टे«ष्टोकोकस, ब्याक्टेरियल इन्फेक्सन छालाका अवस्था जस्तै चोट घाँउ, चिलाउने, एक्ने, इन्फेक्सन र चाउरिपन आदिको उपचार गर्न सक्छ । साथै यसले उर्जा स्तर बढाउन, प्रतिरक्ष प्रणाली सुद्धढ गर्न मानसिक क्रियाकलापलाई उत्प्रेरित गर्न र सुर्ती र कदिरा जस्ताको दुव्र्यसनबाट छुटकारा दिन पनि सहयोग गर्दछ।

स्टेभियाका उपयोगहरु :
१). डैन्ड्रफ र कपाल स्वास्थ :
स्टेभियाको थोरै मात्रा पनि र्डेड्रफ, शिरको छाता सुख्खा भएमा र सुख्खा, खस्रो, पातलो कपालको लागि लाभदायक मानिन्छ । मानिसहरुले स्टेभियाको नियमित प्रयोग गर्नाले र्डृन्ड्रफ रहित र नयाँ केशहरुले पलाएको बताएका छन ।
यसको ३—४ थोपा आफूले प्रयोग गर्ने गरेको स्याम्पूमा हालेर प्रयोग गर्न सकिन्छ साथैं, स्याम्पू गरिसकेपछि स्टेभिया चियालाइ कन्डिसनरको रुपमा प्रयोग गरेर ५ मिनेट पछि यसलाई धोएर प्राकृतिक कपाल कायम राख्न सकिन्छ ।
२. मधुमेहः
विभिन्न अध्ययन र अनुसन्धानले यो देखाउँदछ कि स्टेभियाले रगतमा चिनीको स्तर स्थिर गर्न सक्दछ ।यतिमात्र नभई यसले इन्सुलिन प्रतिरोध क्षमता बढाउने रगतमा ग्लूकोज सोस्न कम गराउने आदि काम गर्दछ ।
चिनीको विकल्पमा स्टेभिउा एक उपयुक्त रोजाइए हो किनभने यसमा एकदम कम कार्ब,कम चिनी र कम क्यालारी हुन्छ । स्टेभियोल ग्लाइकोसाइडहरु, शरीरले मेटाबोलाइज नगर्ने हुनाले यो पिशाबबाट उत्सर्जित हुन्छन ।
एक अध्ययनले यो पनि बताउँछ कि स्टेभिया सेवनले गुलिया, चिल्ला र बोसोको मात्रा धेरै भएका खानाको लालसा पनि हटाउछ ।
स्टेभियाको काँचो पात पिसेर चिया पिउँदा वा टि ब्याग नै दिनको २—३ चोटि पिउँदा हाइपर ग्लाइसेमिया बाट बचाउँछ । स्टेभिया चिया बनाउनका निम्नि एक कप पानी तताउने – नउमाल्ने) र एउटा टि —ब्याग ५ —७ मिनेटका लागि सोस्न छोडिदिने र यसलाई तातो या चिसो जसरी पिए पनि हुन्छ ।
३. जिन्जीभाइटिसः
एक अध्ययनले यो देखाउँदछ कि स्टेभियाको जीवाणु रोधी गुणहरुले जिन्जीभाइटिस दाँतको समस्या र मुख दुखाई निको पार्न मद्दद्ध यसले गम र दाँतमा संक्रामक जीवहरुको विकास र प्रजननलाई दबाउन सक्छ पटटिकाको विकासलाई रोक्न सक्छ र समग्र मौखिक स्वास्थ्यमा सुधार गर्न सक्छ । धेरै मानिसले स्टेभियालाई माउथवासको रुपमा प्रयोग गरेर मुखको संक्रमणमा उल्लेखनीय रुपमा आएको देखाएका छन साथैं स्टेभियाको टुथपेस्टले पनि फाइदाजनक काम गर्दछ ।
स्टेभिया माउथवास बनाउनका लागि ३—४ थोपा आधा कप मनतातो पानीमा घोलेर बिहान अथवा बेलुका ३—४ पटक कुल्ला गर्न सकिन्छ ।
४. मुटुपोल्ने र अपच
ब्राजील, पाराग्वे र बोलिभियाका मानिसहरुले स्टेभिया चिया पेट, दुब्लोपन र अपच जस्ता समस्या सुधार गर्न प्रयोग गरेका छन ।प्रत्येक खाना पछि स्टेभिया चिनी पिउनाले पाचन सहायतामा मदत गर्न सक्दछ ।
५. उच्च रक्तचाप
१ र २ वर्षको अवधिमा गरिएको अध्ययनहरुले देखाउदछ कि स्टेभियाको चिया पिउनाले उच्च रक्तचापको स्तर कम गर्न सक्छ ।
६. अस्टियोपोरोसिस :
कुखुराहरुमा गरिएको एक अध्ययनले यो देखाउँदछ कि कुखुराहरुलाई दिइने खानेकुरामा स्टेभिया पाउडर मिसाएर खान दिदाँ उनीहरुमा क्याल्शियम मेटबोलिजम उल्लेखनिय वृदधि गरेको देखाउँदछ र भने अण्डा उल्पादनमा कमी आएको देखिन्छ । तसर्थ ः स्टेभियाले शरीरमा क्याल्सियमको अवशोषण बदाउन र हड्डीको घनत्व सुधार गर्न पनि मद्दत गर्दछ ।
अल्फल्फा र स्टेभिया चिया बनाउन अल्फल्फा जडिबुटी र स्टेभिया आधा आधा चम्चा लिई ५—७ मिनेट घोलेर बनाउन सकिन्छ । यो चिया दैनिक २ देखि ३ पटक पिउन सकिन्छ ।
७. तौल घटनु
हलसालको चिकित्सा अनुसन्धानले यो सुझाव दिन्छ कि कार्बोहाडड्रेट क्यालोरी र चिनी स्टेभियामा कम हुने हुनाले तौल व्यवस्थापनमा लाभदायक हुन सक्छ । एउटा प्रारम्भिक अनुसन्धानले सुझाव दिन्छ कि स्टेभियाले हाइपोथालेमसको अनुसन्धानले सुझाव दिन्छ कि स्टेभियाले हाइपोथालेमसको कार्यमा हस्तक्षेप गर्न सक्दछ र भोकमरीलाई कम गदैं तौल घटाउन सहयोग पुन्याउँछ । हाइपोथालेमस मस्तिवक को एक अंश हो जसले भोक प्यास र थकान साथै यसको कार्यहरु नियन्त्रण गर्दछ । स्टेभिया तौल घटायनको लागि लड्ने मान्छेहरुमा उर्जाको स्तरको वृदधि गर्न टोनिकको रुपमा काम गर्दछ ।
सुझाव अनुसार खाना खानु १५ मिनेट अगाडि १० थोपा चिसो वा तातो पानीमा मिलाएर पिउँदा राम्रो हुन्छ ।


८. चाउरीपना र अन्य छालाका समस्याहरु :
स्टेभिया छाला विकारहरुको लागि एक उल्लेखनीय चिकित्सा एजेंटको रुपमा विश्वास गरिन्छ ।यसको एन्टिअक्सिडेन्ट जीवाणुरोधी र एन्टिसेप्टिक गतिविधिले झुर्रीहरु, छालाको दाग, डर्माटाईटिस, एक्ने, दाग, चिलाउने आदी समस्याको लागि मद्दत गर्दछ । स्टेभियाको थोरैं मात्रा पनि छालाको रोगलाई उपचारमा बढावा दिन सक्छ । सुन्नु अधि स्टेभियाको पातको वरल पदार्थले बनेको पेस्टलाई पुरै अनुहारमा लगाएर १५ —२० मिनेट सुक्न दिनुपर्छ र चिसो पानीले अनुहार धुनुपर्दछ । यसपछि तौलियाले पुछी सुक्न दिई नखिल तेलको केही थोपा मुखमा मसाज गरेर छाडिदिए रातभरि यसको एन्टिअक्सिडेन्ट प्रभावबाट लाभ लिन सकिन्छ ।

स्टेभियाका साइड इफेक्टहरु के हुन ?
हलसम्म स्टेभियाको कुनैं साइड इफेक्ट देखिएको छैन । विश्वव्यापी अनुसन्धान र वैज्ञानिक प्रतिवेदनहरुको आधारमा संयुक्त राष्ट्र सङघ र खादय तथा औषधि प्रशासनको विश्व स्वास्थ्य संगठन – डब्ल्यू. एच.ओ ) ले स्टेभियोल ग्लाइकोसाइडको प्रयोगलाई सुरक्षितको रुपमा अनुमोदन गरिसकेको छ । तर यदि कोहि मधुमेह वा उच्च रक्तचापको लागि कुनै औषधि लिइरहेको छन भने एम्टि ग्लाइसेमिक र एम्टि हाइपरटेंसिभ गतिविधिको कारण निरीक्षण गरिएको स्टेभिउा खपतलाइ सल्लाह दिइन्छ । यदि गर्भवती वा स्तनपान गराउँदै गर्नुभएको महिला छन भने चिकित्सकको सल्लाह बमोजिम स्टेभियाको प्रयोग गर्नु उचित हुन्छ । स्तनपान गराइदैं गनुभएको महिला छन भने चिकित्सकको सल्लाह बमोजिम स्टेभियाको प्रयोग गर्नु उचित हुन्छ ।
वातावरण संरक्षणमा स्टेभियाको भूमिका :

– स्टेभियाको उत्कृष्ठ स्वाद, शून्य क्यालोरि मिठास केवल स्वास्थ्यर्धक आहार मात्रैं हैन यो अधिक वातावरण मैत्री आहारको पनि हिस्सा बनैको छ ।
-स्टेभिया उत्पादनका लागि अरु बिरुवा भन्दा कम प्राकृतिक स्रोतहरु, पानी र उर्जाको आवश्यक पर्दछ ।
– हलसालको अध्ययनले यो देखाएको छ कि स्टेभियाले अन्य मिठाईका बोट भन्दा वातावरणीय प्रभाव कम गर्दछन ।
– स्टेभियालाई स्वीटनरका रुपमा प्रयोग गरिएकाले कार्बन र पानीको प्रभावलाई कम गर्न मद्दत गर्दछ ।
लेखक
गणेश र्शमा तिमिलसिना
जैविक विश्लेषक
सह—लेखिका
दुर्गा कार्की
वातावरण विश्लेषक

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी